gulminews logo
बिहीबार, २०८१ बैशाख १३

“बादल” गुल्मी क्षेत्र नम्बर १ बाट उठ्ने चर्चा, अरु कुन क्षेत्रमा कुन नेता उठ्दैछन् ?

गुल्मी । गुल्मी क्षेत्रनम्बर १ मा माओवादीले पूर्वमहासचिव रामबहादुर थापा ‘बादल’लाई उठाउने चर्चा छ । पहिलो संविधानसभा चुनावमा चितवनबाट चुनाव जितेका थापा यसपटक गुल्मी लैजाने प्रयास भइरहेको छ । बादल पूर्वरक्षा मन्त्री हुन् ।

‘हामीले बादललाई गुल्मी ल्याउन कोशिष गरेका छौ, तर उहाँले चितवनबाट नभए अन्य ठाउँभन्दा गुल्मीबाटै चुनाव लड्ने बचन दिनुभएको छ,’ माओवादीका जिल्ला नेताले लोकान्तरसंग भने । गुल्मीमा जन्मेपनि थापा परिवार बसाइ सराइ गरेर चितवन झरेको थियो ।

कांग्रेस–माओवादी तालमेलको गृहकार्य
गुल्मीमा कांग्रेस र माओवादीले चुनावी तालमेलको गृहकार्य गरिरहेका छन् । केन्द्रीय संसदका लागि माओवादीले कांग्रेसलाई समर्थन गर्ने र प्रदेश सभाका दुई सिटमा कांग्रेसले माओवादीलाई समर्थन गर्नेगरी छलफल चलिरहेको स्रोतले बतायो ।

ram bahadur thapa badalजसअनुसार क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि माओवादीले सुदर्शन बराललाई अगाडि सार्दैछ । उनी पहिलो संविधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए । प्रदेश सभाका लागि कांगेसले श्री भलामी या मोहन ज्ञवालीलाई उठाउने तयारी गरेको छ ।

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले केन्द्रका लागि चन्द्र केसीलाई उठाउने तयारी गरेको छ । कांग्रेसबाट रुद्रमणि भण्डारी, त्रैलोक्य सेनको पनि चर्चा छ । नेकपा एमालेले चने सचिव गोकर्ण विष्टलाई उठाउने सम्भावना छ । विष्टले सोही क्षेत्रबाट पटक पटक चुनाव जितेका थिए । उर्जामन्त्री भएर चर्चा बटुलेका बिष्टलाई एमालेले ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा समेत प्रस्ताव गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले क्षेत्र नम्बर २ मा भने जिल्ला इन्चार्ज दिनेश पन्थीलाई उठाउने सम्भावना छ । यो क्षेत्रमा पनि चुनावी तालमेलको चर्चा छ । कांग्रेससँग चुनावी तालमेल नभए प्रदेश सभाका लागि बुद्धि जिसीलाई उठाउने माओवादीको तयारी छ ।

स्थानीय निर्वाचनमा गुल्मीमा एमाले पहिलो दल बनेको थियो भने कांग्रेस दोस्रो र माओवादी तेस्रोमा खुम्चिएका थिए । कांग्रेसको गढ मानिने रेसुङ्गा नगरपालिकामा एमालेले चुनाव जितेका कारण आगामी चुनावलाई महत्वका साथ हेरिएको छ । गुल्मीमा मंसिर २१ गते प्रदेश र प्रतिधिनि सभाका लागि दोस्रो चरणमा चुनाव हुँदैछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D