gulminews logo
बुधबार, २०८१ बैशाख १२

बाग्लुङमा जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

९ साउन, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको पाइजाले बताए । ‘सडकदेखि आठ सय मिटर भन्दा तल खसेको जिप दर्जनौ टुक्रा परेकाले सबै जानकारी दिन सक्ने अवस्था छैन, घटनास्थलदेखि घाइतेको उद्धार गरी सडकसम्म ल्याउने काम भइरहेको छ ।’ अध्यक्ष पाइजाले भने, ‘तत्काल हेलिकप्टर पठाउन नसके मृतकहरु बढ्नेछन् ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गृह मन्त्रालयमा हेलिकप्टरका लागि माग गरिएकाले तत्काल हेलिकप्टर घटनास्थलतर्फ जाने तयारी गरिएको बताए । ‘हामीले घटनालगत्तै आर्मी र गृहसँग कुरा गरेका छौं घाइतेको उद्धारका लागि हेलिकप्टर त्यहाँ पुग्छ ।’ उनले भने ।

घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।

अनलाइन खबरबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D