gulminews logo
बिहीबार, २०८० चैत्र १५

बागलुङ र गुल्मी खण्डमा चार बेलिब्रीज

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गरे । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलाको बेलिब्रीजको शुरु गरिएको हो ।
bridge
बेलिब्रीज उद्घाटन भएसँगै बागलुङमा सवारी चल्न बाँकी रहेको २३ किमीको टाकुरी–पालुङखोला खण्डमा सार्वजनिक यातायात चल्न थालेका छन् ।

सदरमुकामदेखि हिँडेका बस र जिपले पुल तरेर अगाडिको यात्रा तय गर्दा यात्रु र प्रत्यक्षदर्शीले खुशीयाली मनाएका थिए ।

प्रधानसेनापति क्षेत्रीले जनताको सहयोगमा मात्र सेनाले काम गर्नसक्ने बताउँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने बताए ।

व्यवस्थापिका–संसद्, विकास समितिका सदस्य प्रकाश शर्मा पौडेलले यस वर्ष बागलुङ खण्डका लागि थप २५ करोड र गुल्मीका लागि ३५ करोड बजेट छुट्याउन समितिले पहल गरिरहेको जानकारी दिए । -रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D