gulminews logo
बुधबार, २०८१ बैशाख १२

फेसबुक एप चलाउनु हुन्छ ? जान्नुहोस् के गर्छन फेसबुक एपहरुले

राजु गौतम

“तेस्तोनि” (testony) भन्ने फेसबुक एप अहिले धेरै चर्चामा छ। कति धेरैले जानेर वा नजानेर चाहिने भन्दा बढी प्रयोग गरेको र शेयर गरेको देखिरहेको छ। यो एउटा उदाहरण मात्र हो। यो र यस्ता खालका कुनै पनि फेसबुक एपहरु चलाउदा त्यो एपले तपाइको व्यक्तिगत सूचना (Personal Information/data) लिएको हुन्छन । कत्तिको ख्याल गर्नु भएको छ पहिलो पटक यस्ता एप चलाउदा तपाईलाई सोधेको हुन्छ “तपाइंको यो यो सूचना यो एपले लिन्छ, दिन चाहनुहुन्छ ?

(testony.com will receive:
your public profile and email address.)

यो एक खालको ब्यबसाय हो। एउटा त बिज्ञापनहरु राखेर कमाउछन। त्यसमाथि के सम्म पनि हुन सक्छ भने तपाइंको सूचना जस्तै इमेल ठेगाना वा फोन नम्बर कतै प्रत्यक्ष वा अप्रतक्ष बेचिएको वा (अनधिकृत) प्रयोग गरिएको पनि हुन सक्छ र त्यसबाट उनीहरुलाई फाइदा हुन्छ । तर तपाईले केहि पाउनु हुन्न । बरु इमेल र कहिले कहिँ मोबाइलमा समेत तपाइले नचिनेको वा नजानेको ठाउँबाट मेसेजहरु आउन सक्छन । अझ तपाइंको फेसबुक एकाउन्ट ह्याक हुने चान्स पनि बढेर जान्छ।

त्यसैले यी र यस्तै खालका एपहरु रमाइलोको लागि मात्र चलाउने भन्दा पनि त्यसले के कसरी काम गर्छ भनेर थाहा पाउनु जरुरि छ। चलाउनुस र रमाइलो गर्नुस तर यो जानकारी चाही लिनुहोस् ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D