gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

फेसबुकबाट साथी बनाएर डलर ठग्न खाेज्दा उल्टै ५५ लाख गयाे

काठमाडौं, साउन ६ । दाङ लमही नगरपालिका ५ बस्ने सुजाता केसी पौडेल एक वर्षअघिदेखि युनिस स्मिथसँग फेसबुकमा साथी बनिन् । बेलायती नागरिक हुँ भन्ने स्मिथसँग फेसबुकमा साथी बनाइ ह्वाट्स एपबाट केसीले कुरा गर्न थालिन् । त्यसपछि सुजातालाई डलरको प्रलोभन देखाउन थालियो ।

केही दिनपछि भारतीय मोबाइलबाट फोन गरी तिम्रो नाममा १.७ मिलियन डलर पठाएको र भारतीय नियमअनुसार कर तिर्नुपर्ने भन्दै सुजातालाई विश्वास दिलाएपछि डलरको प्रलोभन तोकिएको रकम उनले भनेअनुसारको ब्यक्तिको नाममा आईएमई गरेर पठाइन् ।

जगदीश आचार्य तथा पुरन घर्तीमगरको खाताबाट र कुमार शेर्पा र संजीव महर्जनको नामबाट आईएमई गरेर पठाएमा आफूले पाउने भनी पटक पटक गरी ५५ लाख ५८ हजार रकम पठाउन लगाएपछि ठगी गरेको आशंका ब्यक्ति प्रहरीसम्म पुगेका थिए ।

प्रहरीमा परेको उजुरीका आधारमा प्रहरीले ललितपुर बस्ने धुनिवेशी नगरपालिका ७ घर भएका पुरन घर्तीमगर भन्ने सुमन लामा, काठमाडौं लाजिम्पाट बस्ने मकवानपुर हेटौडा उपमहानगरपालिका ७ घर भएका रबि थोकर र ललितपुरको धोवीघाट घर भएका दिनेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट अनुसन्धानका क्रममा ठगीमा संलग्न उनीहरुलाई विभिन्न बैंकको चेक तथा एटीएम कार्डसहित विभिन्न स्थानबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D