gulminews logo
शुक्रबार, २०८० चैत्र १६

फिन्ल्यान्डमा भब्य तीज गीत प्रतियोगिता आयोजना हुने

सन्जु काउछा
हेल्सिन्की । फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । फिन्निश-नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । आगामी अगस्त २५ तारिख शनिबारका दिन हेल्सिन्की स्थित कोन्तुलामा सम्पन्न हुने कार्यक्रममा फिन्ल्यान्डका बिभिन्न स्थानहरुमा रहेका नेपाली संघसंस्था तथा दिदिबहिनीहरुको समुहले सहभागीता जनाउने अपेक्षा रहेको आयोजकहरुले बताए ।

teej in helsinkiफिन्ल्यान्ड आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको पहलमा एउटा छुट्टै पहिचान बनाएको फिन्निश-नेपाली समाजले नेपाली चाडबाडहरुमा हरेक बर्ष बिबिध कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस पटकको तीजमा भने पहिलो पटक बिशेष प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ l

फिन्ल्यान्डका बिभिन्न स्थानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिन अनुरोध गरिएको छ । यसपटकको कार्यक्रम अघिल्ला बर्षहरुमा भन्दा भब्य हुने र उल्लेख्य मात्रामा नेपाली दाजुभाईदिदि बहिनीहरुको उपस्थीती हुनेमा बिश्वस्त रहेको समाजका अध्यक्ष हेमराज शर्मा बताउछँन l

कार्यक्रम बारे जानकारी:

स्थान: Ostostie 4, 00940 Helsinki
समय: दिउँसो ठिक १ बजे देखि
मिति: अगष्ट २५ २०१७

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D