gulminews logo
शुक्रबार, २०८० चैत्र १६

फरक फरक घटनामा परी मुसिकोटमा २ जनाको मृत्यु

प्रेम सुनार
गुल्मी, कार्तिक २० । सोमबार मुसिकोट १ जुकेपानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउसो करिब १२ बजेको समयमा लु ३ त ८५४३ नम्बरको राम बहादुर बोहोराको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका दाङको ललमटीया बस्ने २५ बर्षीय ऋषीराम चौधरीको उपचार गर्न पाल्पा लैजादै गर्दा मृत्यु भएको हो ।

लोड बोकेर पौदीअमराइ तर्फ जाँदै गरेको सो ट्रयाक्टर जमिन भासिएको कारण करिब २० मिटर तल पल्टिदा सो घट्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका समाचार शाखाका प्रहरी जवान ढुन्डीराज खरालले जानकारी दिए । सो ट्रयाक्टरमा दुइ जना सवार रहेका थिए भने चालक मात्र घाइते भएका थिए । पछि उनको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

आज मात्रै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले चलाएकाु ढुँगाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । सो वडा बस्ने ४५ बर्षीय मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए । बिहान १० बजेको समयमा बिद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथीपट्टी खोल्सामा रहेको मुहानमा पुगेका बेलामा उनलाइ माथीबाट आएको ढुँगाले लागेको थियो । उनका अनुसार मृतक अर्यालले राम्रो सँग कान पनि सुन्न नसक्ने तथ बोल्न नसक्ने थिए । उनी नेपाल राष्ट्रिय सर्बोदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुँँगाले लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष खरेलले जानकारी दिए । उनलाइ मुसिकोट नगरपालिकाले राहात प्रदान गर्ने भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D