gulminews logo
बुधबार, २०८१ बैशाख १२

प्राधिकरणले गुल्मी अर्वेनीमा विजुली चोरहरुको मिटर शिल

प्रेम सुनार
गुल्मी, असार ३१ । पर्वत र स्याङ्गजाको सीमानामा पर्ने गुल्मीको साविकको अर्वेनी गाविसबाट विजुली चोहरुको मुकुण्डो उदाङ्गो पार्ने काम सुरु गरिएको छ । स्याङ्गजा जिल्ला प्राधिकरणले मिर्मी वितरण केन्द्र अन्तरगत विद्युत उपभोग गरेका गुल्मी अर्वेनीका उपभोक्ताहरुको विद्युत चुहावाट भए नभएको विषयमा घर घरमा निरक्षण गर्न सुरु गरेको हो ।

स्याङ्गजा जिल्ला वितरण केन्द्र प्रमुख मनोजकुमार शर्माका अनुसार गत दुई दिन सम्म निरक्षण गर्दा साविकको एउटै गाविस अर्वेनीमा मात्र झण्डै २० घर धुरीमा विद्युत चुहावटको आशंका गरिएको छ । उनले भने–‘ जस्तै ५ एम्पीएर क्षमता स्विकृत गराएर १५ एम्पीएर सम्मको क्षमता अवैध रुपमा कुनै उद्योग धन्दा सञ्चालन गरिएको पाईए त्यसलाई हामी डिमाण्ड चुहावट भन्छौं र त्यसलाई हाम्रो भाषामा पनि चोरी नै भनिन्छ । त्यस्तो चोरी त्यहाँ करिव १५ देखि २० घरमा भएको र मिर्मी केन्द्र अन्तर्गत करिव ६० घरधुरी शंका स्पद स्थानहरुमा निरक्षण गर्न टोलि पुगेको थियो ।’ उनले थपे–‘ अर्वेनीमा मात्रै विद्युती चोरी भएको पाईए पछि ७ घरधुरीमा निरीक्षणमा पुगेको टोलीले शिल्ड नै गरेर आएको छ । ’

६ महिना अघि सम्म मिर्मिी वितरण केन्द्रले खासै वास्ता नगर्ने र त्यहाँका केहि हताकर्ताहरुले मिलोमोतोमा विद्युत चुवाहट गर्ने गरेको आशंका ६ महिना अघि आएका नयाँ मेशिन रिडरहरुले काम थाले पछि उनिहरुकै प्रतिवेदनका आधारमा स्याङ्गजा वितरण केन्द्रको टोली निरक्षणमा आएको श्रोतले बताएको छ ।

दुई दिन देखि मिर्मी वितरण केन्द्रका प्रमुख नन्देश्वप्रसाद कुसुवा संग सम्पर्क राख्दा उनले धेरैपटक फोन उठाएनन् । एक पटक फोन नै स्वीचअफ गरे पछि उनका सहयोगी मार्फत कार्यालयको सेट फोनमा सम्पर्क राख्दा पनि उनले अर्वेनीमा शिल्ड गरिएका घरधुरीको नाम विवरण आफुले दिन नसक्ने भन्दै जिल्लामै सम्पर्क राख्न आग्रह गरे । स्थानिय हर्ताकर्ताको नाम विवरण स्याङ्गजा वितरण केन्द्रका प्रमुख शर्माले समेत दिन मिल्दैन भने पछि अव सञ्चार माध्मय नै स्थलगत रिर्पोटमा पुगेर ती विजुली चोरहरुको मुकुण्डो उदाङ्गो पार्नु पर्ने जरुरी देखिएको छ ।

लोडसेडिङ्ग मुक्त जिल्ला गुल्मीमा लोडसेडिङ्गको मारमा पार्ने अरु कोहि नभएर राज्य ठग्ने र आफुले कुम्लाउने कर्मचारी र स्थानिय हर्ताकर्ताको मिलोमोतो नै बढि देखिएको स्थानिय श्रोतले बताएको छ । त्यस्ता विजुली चोर कर्मचारीहरुलाई उर्जामन्त्री जनार्दन शर्माको पालामा एकै दिन २४ सय जना कर्मचारीलाई सरुवा गरेका थिए महाप्रवन्धक कुलमान घिसिङ्गले । पछि फेरी उनले झण्डै २५ सय जना कर्मचारीहरु नियुक्ती गरेका मध्ये त्यस मिर्मी वितरण केन्द्रमा ६ महिना अघि देखि सिनियर मिटर रिडरका रुपमा काम थालेका छन् सुरेन्द्र पौड्यालले ।

त्यस अघि पत्रकार समेत रहेका बागलुङका पौड्यालले चुवाहट रोक्ने र विजुली चोरहरुको पहिचान गर्न सुरु गरे पछि उनलाई धम्की दिएर हतोत्साहित गर्ने पनि गरिएको स्वयम्ले बताए । ‘मैले त चुवाहट रोक्नका लागि झण्डै १५ पेज लामो प्रतिवेदन नै तयार पारेको छु तर नियम अनुसारको काम हुन दिने भन्दा पनि हतोत्साहित पार्ने र धम्काउने अधिकतम पाएको छु ,–पौड्यालले भने । उनले विजुली चोरी गर्ने र चोरहरुको संरक्षण गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सञ्चार माध्यमको पनि सहयोगी भुमिका चाहिनु पर्ने अपेक्षा राखेका छन् ।

क्रमिक रुपमा गुल्मी वितरण केनद्रले पनि विद्युत चुहावट रोक्न र विजुली चोहरुको मुकुण्डो उदाङ्गो पार्न लाग्नु पर्ने अर्वेनीका वासीन्दाहरुले पनि जोड दिएका छन् । यस सम्वन्धमा गुल्मी वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले गुल्मीमा पनि विद्युत चोरी नियन्त्रण भई रहेको तर चुनावभरी भने कमै भएको बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D