gulminews logo
बिहीबार, २०८१ बैशाख १३

चन्द्र भण्डारीको लेटर प्याडमा मैले सिफारिस लेखेर पठाएको हुँँ: प्रदिप ज्ञवाली

प्रेम सुनार
गुल्मी, कार्तिक २६ । नेकपा एमालेका सविव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनीधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले चन्द्र भण्डारीले रुद्रवेणी वामीटक्सार सडक स्तरबृद्धिका लागि ४८ करोड रकम मैले नै पारेको हुँ भन्ने सवाल उठाएका छन् । नेता ज्ञवालीले कतै चन्द्र भण्डारीको स्मरण शक्ति कमजोर त भएन ? भन्ने प्रश्न गर्दै भनेका छन्, ‘त्यो ४८ करोड रकम मैले नै तपाईको लेटर प्याडमा लेखेर दिएको हो कि होईन ?’

Pradeep_Gyawaliनेता ज्ञवालीले भने, ‘त्यति वेला गुल्मीमाबाट सर्वदलिय राजनैतिक संयन्यत्र केन्द्रमा डेलिगेशन गएको थियो । विष्णु पौड्याल अर्थमन्त्री हुनुहुन्थ्यो, मलाई पार्टीबाट सिफारिस गर्न लगाईयो, मैले चन्द्र भण्डारीको लेटर प्याडमा ४८ करोड सिफारिस लेखेर पठाएर त्यो रकम परेको हो । तर चन्द्र भण्डारीले मैले पारेको हुँ भन्दै झुटो प्रचार गरेर हिड्नु उहाँ जस्तो मान्छेबाट यस्तो गलत अपेक्षाराख्न सन्दिँन, कतै उहाँको अलि स्मरण शक्ति कमजोर त भएन ?

चन्द्र भण्डारीसंग पनि संगै रेडियो कुराकानी भएको थियो । उनले कालिगण्डकी कोरिडोर योजना पनि आफैले ल्याएको दावि गरे । यस सम्वन्धमा क्षेत्र नम्वर १ का तत्कालिन सभासद सुदर्शन वरालले भने आफ्नै पहलमा यो भएको बताएका छन् । “चन्द्र भण्डारी जी त २०७० मा सभासद हुनु भएको थियो”, वरालले भने, “म २०६४ सालमा साविकको क्षेत्र नम्वर २ बाट सभासद भए पछि एमाले नेता प्रदिप ज्ञवाली , गोकर्ण विष्ट लगायत गुल्मीका अगुवाहरु विचको सामुहिक योजनामा कालिगण्डकी कोरिडोरको अवधारणा बनाएका हौं ।”

तत्कालिन योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, मुख्य सचिव लिलामणी पौड्याल, नेपाली सेनाका विकास निर्माण हेर्ने विभागका जर्नेल सहितलाई अवोलोकन गराएर सर्वे गर्ने काम गरेको हुँ र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको कुरा नेपाल सरकारको रातो कितावमा हेरे पनि छर्लङ्ग हुन्छ ।

उनले थपे–‘मैले नै तत्कालिन योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, मुख्य सचिव लिलामणी पौड्याल, नेपाली सेनाका विकास निर्माण हेर्ने विभागका जर्नेल सहितलाई अवोलोकन गराएर सर्वे गर्ने काम गरेको हुँ र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको कुरा नेपाल सरकारको रातो कितावमा हेरे पनि छर्लङ्ग हुन्छ ।’ उनले चन्द्र भण्डारीसंग प्रती प्रश्न गरे, ‘अव तपाईले मेरो पहलमा ल्याईएको अस्लेवा देखि ठुलो लुम्पेक हुँदै मुक्तिनाथ जोड्ने सडक योजना पनि मैले नै ल्याएको हुँ भन्नु हुन्छ कि ?

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D