gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पौँदेली समुदायले हर्सोल्लासका साथ न्वागी मनाए

टोपलाल अर्याल
गुल्मी, २ मंसिर । न्वागी मेला गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको सवै भन्दा ठुलो उत्सव हो । न्वागी पर्व पौदीबासीले नँया अन्न घरमा भित्राएको खुसीयाली स्वरुप बर्षेनी न्वागी मेलाको आयोजना गर्ने गर्दछन् । न्वागी बिशेष प्रकारको परिकार हो । यो स्थानीय जर्डन जातको धानको चामल, दही, केरा, सिलाम, चिनी, आदिको समिश्रणबाट तयार पारिएको हुन्छ । जसलाई पौदीबासीहरुले विधिवत रुपमा दिन र शुभसाइत जुराएर आ– आफ्ना नातागोता, इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खाने प्रचलन रहेको छ । यो पर्व गुल्मी, बाग्लुङ्ग, अर्घाखाँची, पाल्पा, प्युठान लगायतका जिल्लामा बिशेष रुपमा मनाउने गरिन्छ ।

गुल्मी र बाग्लुङ्गको संगम स्थल ग्वालीचौरको खारबजारमा सञ्चालन भएको न्वागी मेलामा पाँच दिनसम्म लाग्ने गर्दछ । मेलामा यस क्षेत्रमा कृषकहरुले उत्पादन गरेका हिउँदे र नगदे खाद्यान्न, बेमौसमी कृषि उपजहरुको प्रर्वद्धन र प्रोत्साहन गर्न कृषि मेला प्रर्दशनी गरिने पौदी न्वागी मेला व्यवस्थापन समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिए । यस क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई पौदीबासीहरुले महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन । ‘मैले जान्ने बेलाबाटै यो मेला लाग्थ्यो, अहिले धेरै बर्षसम्म जिवितै छ,’ स्थानीय मोहलाल घिमिरेले भने,‘न्वागी हाम्रो सानो दशै हो ।’ नयाँ जर्डन धान जति पहिले काटे पनि न्वागी नखाएसम्म नखाने प्रचलन रहेको उनले बताए । मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला, अम्बा, होटल जाडोका फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको कारोबार राम्रो हुने गर्दछ । यसपालीको मेलामा डेढ करोड भन्दा माथिको आर्थिक कारोबार भएको मेला समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ । मेलालाई मध्येनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने गर्दछन् । मेलामा सामान्य फलफूल पसलदेखि ठूला होटल व्यवसाय र झुला पिङ्गका गरी ६० वटा स्टलहरु रहेको खरेलले बताए । मेलामा भलिवल प्रतियोगिता, साँस्कृतिक तथा कृषि मेला प्रर्दशनी, सोरठी भैलो प्रर्दशनी, रेर्कड डान्स लगायतका कार्यक्रमहरु मुख्य आर्कषणका रुपमा रहेको आयोजकले बताएको छ । मेलामा बिविध साँस्कृतिक तथा भलिबल प्रतियोगीता समेत हुने सम्पन्न भएका थिए । भलिवल प्रतियोगीतामा कालिका स्र्पोट क्लव ढोरपाटन बिजेता बनेको छ । भने उपबिजेता सनराइज युवा क्लव बाग्लुङ्ग उपबिजेता भएको छ । बिजेताले नगद पुरस्कार ८५ हजार पाँच सय ८५ मेडल प्रमाण पत्र र उपबिजेताले नगद पुरस्कार ५५ हजार पाँच सय ५५ मेडल र प्रमाणपत्र प्राप्त गरेको मेला आयोजक समितिका सदस्य योगेन्द्र खरेलले जानकारी दिए । सांस्कृतिक कार्यक्रम तर्फ लोक दोहोरी गायीका देदि घर्ति, लोक दोहोरी गायक बसन्त थापा तथा हाँस्य कलाकार बल्छी र राजु मास्टरको बिशेष प्ररस्तुती रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D