gulminews logo
बिहीबार, २०८० चैत्र १५

पूर्व प्रधानमन्त्रीद्वय ओली र दाहाल गल्कोट आउँदै, सुरक्षा व्यावस्था चुस्त

कमल पौडेल
बागलुङ, २९ कार्तिक । पूर्व प्रधानमन्त्रीद्धय नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड भोली गल्कोट नगरपालिकाको हटिया आउने भएपछि सुरक्षा व्यावस्था चुस्त वनाइएको छ ।

सुरक्षालाई मध्यनजर गरेर नेपाल प्रहरीका प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारी र शसस्त्र प्रहरीका प्रहरी निरिक्षक लक्ष्मण वरालको नेतृत्वमा टोली आज देखि नै परिचालन गरिएको छ। भने व्याक फोर्सको रुपमा ताराखोला र हरिचौरमा थप सुरक्षाकर्मि राखिएको प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिनुभएको छ। त्यस्तै नेपाली सेनाले कार्यक्रमको अनुगमन गर्ने भएको छ।

उता यस क्षेत्रमै पहिलो पटक दुई ओटा पूर्व प्रधानमन्त्रि तथा एक उपप्रधान मन्त्रि आउने भएपछि स्थानिय उत्साहित भएका छन्। उता आयोजक संयुक्त वाम निर्वाचन परिचालन समन्वय समितिले कार्यक्रमको तयारी पुरा भएको जनाएको छ। पूर्व उपप्रधानमन्त्रि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र वहादुर केसि सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका जिल्लामा रहेका सवै नेता तथा वाम उमेद्वारहरु कार्यक्रम स्थलमा आइसकेको निर्वाचन परिचालन समितिका ग्यामनाथ गैरेले जानकारी दिनुभएको छ। शिर्ष नेताहरुले विहिवार दिउसो एक वजे सम्बोधन गर्ने तयारी रहेको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य तथा वागलुङका इन्चार्ज मना केसिले जानकारी दिनुभएको छ।

कार्यक्रममा जनगाएक जिवन शर्मा, वद्रि पंगेनी, र विष्णु खत्रि लगाएतको सहभागिता हुने छ। विहान ठिक १० वजे देखि र्याली हुने र गल्कोट वहुमुखि क्याम्पसको प्राङ्गणमा कार्यक्रम हुने संयुक्त वाम निर्वाचन परिचालन समन्वय समितिले जनाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D