gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाल्पा, गुल्मी र स्याङ्जाका १५ सहकारी दर्ता खारेज

मुक्तीप्रसाद न्यौपाने
पाल्पा, साउन १६ । गत आर्थिक वर्ष २०७३/०७४ मा पाल्पा, गुल्मी र स्याङजाका पन्ध्र सहकारी खारेज भएको छ। डिभिजन सहकारी कार्यालय पाल्पाले पाल्पाका दुई र गुल्मीका चार तथा स्याङ्जाको कार्यालयले नौ सहकारी खारेज गरेको हो।

पटक–पटक ताकेता गर्दा समेत कानूनी प्रक्रियामा नआएपछि कार्यालयहरुले सहकारी संस्थाले खारेज गरेको जनाएका छन्। विभिन्न प्रयोजनका लागि सहकारी दर्ता गर्ने तर नियमित कारोवार नगरेका, वार्षिक सहकारी लेखा परीक्षण नगरेका, सहकारी ऐन नियम विपरीत रहेका सहकारीहरु खारेजीमा परेका हुन्। सहकारी कार्यालयले नियमित रुपमा ताकेता गर्दा समेत सम्पर्कमा नआएका सहकारीहरु खारेजी भएका भएको जनाएको छ।
sahakari cooperative
डिभिजन कार्यालय पाल्पाले खारेज गरेको सहकारीमा चार अदूवा उत्पादक सहकारी संस्था, एक बहुमुखी सहकारी संस्था र एक दूग्ध उत्पादक सहकारी संस्था रहेका छन्। पाल्पामा खारेजीमा पर्ने सहकारीहरुमा नवदुर्गा दूग्ध उत्पादक सहकारी खानीछाप र जनसेवा अदूवा उत्पादक सहकारी संस्था छहरा रहेका छन्। गुल्मीबाट खारेजीमा पर्ने सहकारीहरुमा सिस्ने अदुवा उत्पादक सहकारी संस्था हुँगा, नवकोपिला अदुवा उत्पादक सहकारी संस्था विरवास, पल्लिकोट अदुवा उत्पादक सहकारी संस्था पल्लिकोट र जनकल्याण बहुमुखी सहकारी संस्था रुरु रहेका छन्।

डिभिजन कार्यालय स्याङ्जाबाट खारेजीमा पर्ने सहकारीमा कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन्। सेखाम सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका-५, उदयमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनास गाउँपालिका-१, उन्नतिशील कृषि सहकारी संस्था चापाकोट नपा-४, सिर्जनशील कृषि सहकारी संस्था आँधीखोला गाउँपालिका-५, शुभयात्रा सहकारी वालिङ नपा-८, बाँस्टारी मत्स्य तथा कृषि सहकारी कालीगण्डकी गाउँपालिका–५, आदर्श नमूना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था पुतलीबजार नपा–११, गौमुख दुग्ध उत्पादक सहकारी संस्था गल्याङ नपा-९, सामूहिक गौशाला सहकारी संस्था वालिङ नपा-१ र बाँस्टारी मत्स्य तथा कृषि सहकारी संस्था कालीगण्डकी गाउँपालिका–५, स्याङजा खारेज भएका हुन्।

टेलिफोन जानकारी, लिखित पत्राचार र सार्वजनिक सूचना जारी गर्दा समेत कानूनी प्रक्रियामा नआएपछि कार्यालय कानुन र खारेजीको प्रक्रियामा गएको डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोराले बताए। कार्यालयले असार १५ गते १५ दिने सार्वजनिक सूचना जारी गरी १९ वटा सहकारी संस्थालाई असार ३० गते सम्म सम्पर्कमा नआएमा खारेज गर्ने निर्णय गरेकोमा १३ वटा सहकारी सम्पर्कमा आई खारेजीबाट प्रक्रियामा आएको कार्यालयले जनाएको छ।

डिभिजन सहकारी कार्यालय स्याङ्जालेआफ्नो उद्देश्य अनुसार काम नगरेर निष्त्रि्कय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालय स्याङ्जाका सहकारी निरीक्षक विष्णुप्रसाद ढकालले बताए। उनी भन्छन्, ‘सहकारी नियमअनुसार २ वर्षसम्म कुनै पनि कारोबार नगर्नु, गत आवको साधारणसभा, लेखा परीक्षण प्रतिवेदन र माग गरेका अन्य विवरण नबुझाउने सहकारी खारेज गरिएको हो।’ हाल स्याङ्जामा जिल्ला सहकारी संघ, विषयगत संघ र विभिन्न प्रकृतिका ३ सय ८० वटा सहकारी रहेका सहकारी निरीक्षक ढकालले बताए।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D