gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध

जाजरकोट, २२ भदौ । यहाँको भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ ।

पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ । भत्किएको सडक पुनःनिर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ ।
landslides
“पहिरो रोकथाम तथा सडक सञ्चालन गर्न कुनै पनि निकायले पहल गरेका छैनन्” स्थानीयवासी गणेश थापाले भन्नुभयो । यात्रुलाई पैदल आवतजावतमा कठिनाइ भएको छ । बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो खसेको उहाँले बताउनुभयो ।

सडकमा ढल निकासको व्यवस्था नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र र जलजला जेभी काठमाडौँले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले गुणस्तरमा बेवास्ता गर्दा पहिरोले क्षति व्यहोर्नुपरेको थापाले बताउनुभयो ।

निर्माण व्यवसायीले पाँच महिनाअघि न्युरोडमा मनोमानी डिजाइन विपरीत पर्खाल तथा ग्याबिङ कार्य गरेका थिए । सडक स्तरोन्नति कार्य गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले गत वैशाखमा विरोधसमेत गरेका थिए ।

पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको सरोकार समितिका अध्यक्ष अमरसिंह राठौरले बताउनुभयो । “सडकमा ढल निकासको व्यवस्था नगर्दा पनि पहिरो खसेको हो”, उहाँले भन्नुभयो । खलंगा–रिम्ना सडक स्तरोन्नति कार्य रु १२ करोड लागतमा रोजेन्द्र र जलजला जेभी काठमाडौँले जिम्मा लिएको थियो । रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D