gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पहिरोले सास्ती, दशैंकै दिन सिडीयो र एसपी सडकमै

अनिल खत्री
गुल्मी, असोज १४ । सुख्खा पहिरोले अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक पुनः बन्द भएको छ । तीन दिनपछि अबरुद्ध बनेको सडक खुलेको ३ घण्टामै पुनःबन्द भएपछी यात्रुहरु मर्कामा गरेका छन् ।

रेसुंगा नगरपालिका १३ स्थित भंगारीमा बुधवार साँझपख देखि निरन्तर ठुलो पहिरो खसेपछि सर्वसाधारण मर्कामा पपर्दै आएका छन् । बिहीबार दिनभर सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर शुक्रबार दिउँसोबाट बाटो खुलाइएको थियो । दशैंको टीकाको अघिल्लो दिन एकतर्फी भए पनि सडक खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका थिए ।

शुक्रवार बिहानदेखि निरन्तर ठूलो स्काभेटर र साना मेसिनले काम गरेपछि दिउँसोबाट एकतर्फी रुपमा सडक खुलेपनि पुनः सडक बन्द भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । सडक बन्दसँगै दशैंको टिका लगाउन आवत जावत गर्ने यात्रु तथा सवारी साधानहरु अलपत्र परेका छन् । बन्द सड्क खुलाउन प्रयोग गरिएको स्काभेटर पनि खन्न रोकिएको छ । सडक माथीबाट ठुलो पहिरो खस्ने गरेकाले सड्क सुचारु गर्न कठिनाई भएको प्रमुख जिल्ला अिधकारी अर्यालले जानकारी दिए ।
दशैंको दिन पनि प्रजिअ एसपी सड्कमै

gulmi landslidesपहिरोले शास्ती दिएसँगै गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदी, नगरपालिका वडा नम्र १३ का अध्यक्ष खुमबहादुर खत्री ट्राफिक प्रहरी शसस्त्र प्रहरी लगायतको टोली सड्क खुलाउन दशैंको टिकाको दिनपनि आफै खटिएका छन् ।

दशैंको दिन भएपनि यात्रुहरुलाइ सहजता दिनको लागी प्रजिअ सहितको टोलीले निरन्तर सडक खुलाउन आफै खटिएका थिए । दशैंको टिकाको दिनपनि बिहानै सड्क खुलाउन पहिरो गएको स्थान पुगेका थिए । “सड्कको अबस्था बारे जानकारी लिने कसरी सड्क खुलाउन सकिन्छ भन्ने बारे हाम्रो ध्यान दिएका छौं” गुल्मीका प्रजीअ गोपाल अर्यालले भने ‘यो पहिरोले ठुलै दुख दिने देखियो ।’

जोखिम कायमै, बिकल्पा रोजौं

अहिले सडक खुल्ने र बन्द हुनेक्रम भएपनि सड्क माथी ठुलो जमिन फाटेकाले दिर्घकालिन समाधानको लागी सम्भावना खोज्नुपर्ने गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले बताए । केहि हद सम्म सड्क खुलाउने र सवारी साधानहरु आवत जावत गराएपनि निकै ठुलो जोखिम रहेकाले दिर्घकालिन अध्यायन तर्फ लागौं प्रहरी उपरिक्षक द्धिबेदीले भने ‘जोखिम मोलेर सवारी साधनहरु आवत जावत गराउदा पुरिएभने के गर्ने ।’ सड्क माथी निरन्तर पहिरो खसेको खसै छ यस्तो अबस्थामा कसरी सवारी साधान आवत जावत गराउने द्धिबेदीले भने ‘अब यसको उपाए बारे अध्यायन गर्न जरुरी देखिन्छ ।’

सोमबार बिहानदेखि नै पहिरो खस्ने थालेको थियो । सानो पहिरो भएकाले पन्छाउँदै सडक खुलाइए पनि बुधबारदेखि पूर्णरुपमा बन्द हुँदै आएको छ । बाटो बन्द भएपछि दशैं मान्न घर जानेहरु बढी मर्कामा परेका थिए । बाटो बन्द भएपछि केही यात्रुहरुले वैकल्पिक सडक प्रयोग गरे पनि केही पैदलै गन्तव्यतर्फ लागेका थिए ।

दशैंका लागि ल्याइएका लाखौंका फलफूल तथा तरकारीहरु ढुवानी गर्न नसक्दा बिग्रिएका छन् । व्यापारीहरुले बाटो खुलाउन र यसको दिर्घकालिन समाधान खोज्न आग्रह गरेका छन् । उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ ।

स्थानीयबासीले भंगारीको पहिरोलाई विगतमा पृथ्वी राजमार्गको कृष्णभीरमा झर्ने पहिरोसँग तुलना गर्ने गरेका छन् । खन्नै नहुँने ठाउँमा बाटो बिस्तार गरिएकोले अहिले झनै ठुलो समस्या झेल्नु परेका बताउँछन् । पहिरो गएको स्थान नजिकै पहिले देखि पहिरो खस्ने र सड्क बन्द हुँने गर्दथ्यो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D