gulminews logo
बिहीबार, २०८० चैत्र १५

पहिरोले फेरि सिद्दार्थ राजमार्ग अवरुद्ध, सयौं यात्रु बाटोमै अलपत्र

माधव अर्याल
पाल्पा, आश्विन १५ । सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान नजिकै पहिरो खसेपछि आइतवार बिहानैदेखि सवारी साधन संचालन हुन सकेको छैन । १५ घण्टापछि एकतर्फि खुलेको राजमार्ग आज आइतबार बिहानैदेखि पुन: अवरुद्ध हुँदा सयौ यात्रुले सास्ती खेप्नु परेको छ ।

राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका, २ दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहितको पहिरो खसेपछि सवारीका साधन संचालन हुन नसकेको हो । हिजो राती देखि परेको वर्षासंगै दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडी राजमार्गमा पुन: ठूलो पहिरो खसेपछि सवारी साधन आवत जावतमा समस्या भएको हो । हिजो खसेको पहिरोमा पुन: खसेपछि आज यात्रुसमेत ओहोरदोहोर गर्न मिलेको छैन ।

siddhababa roadशनिबार बिहानैदेखि सडक डिभिजनले पहिरो पन्छाउन काम गरेपनि ठूलो ढंगा फोर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा दसैंकालागि बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । यात्रुहरु समयै गन्तव्यमा पुग्न नसक्ने भएपछि आक्रोसित भएका छन् ।

दशैको भोलिपल्ट मान्यजनबाट टिका थाप्न हिडेकाहरु सिद्दबाबाको पहिरोमा अलपत्र छन् । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यही क्षेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खसेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D