gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पहिरोका कारण गुल्मीको चोरकाटे–शान्तिपुर सडक अवरुद्ध

गुल्मी, साउन ७ । पहिरोका कारण शुक्रबारदेखि अवरुद्ध चोरकाटे–शान्तिपुर सडक खण्ड दुई दिनदेखि ठप्प बनेको छ । सडक माथिबाट ठूलो पहिरो झरेपछि चोरकाटे– शान्तिपुर सडक खण्ड शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो धेरै ठूलो भएकाले समस्या भएको छ ।

पहिरोले विद्युत पोल भाँचिदिएपछि यस क्षेत्रमा विद्युत सेवा समेत ठप्प बनेको छ । विद्युत नहुँदा त्यस क्षेत्रमा शनिबारदेखि सञ्चार सम्पर्क समेत अवरुद्ध छ । चन्द्रकोट गाउँपालिका–७ खसिमारे नजिकैको जंगलमा माथिबाट पहिरो झरेपछि समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस सडक खण्डमा पन्थ निर्माण सेवाले गत वर्षदेखि सडक चौडा पार्ने काम गरिरहेको छ ।
gulmi landslides
सडक चौडा पार्ने क्रममा डोजर प्रयोग भएको र सडक भन्दा माथिको भागमा धेरै खुकुलो माटो रहेकाले चर्को घाम लागेको बेला जमिन तातेर ठूलो पहाडै बगेको सडक निर्माण कार्यमा खटिएका सन्तोष पन्थले बताउनुभयो । पहिरो पन्छाउने काम भइरहे पनि पहिरो ठूलो भएकाले तत्काल यातायात चल्ने गराउन सक्ने सम्भावना नभएको उहाँले बताउनुभयो । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D