gulminews logo
शनिबार, २०८१ बैशाख ८

पढाईमा सहजता ल्याउन गुल्मीका विद्यार्थीलाई सोलार वितरण

गुल्मी । पाञ्चायन माध्यमिक विद्यालय धुर्कोट गाउँपालिका ४ जैसिथोकका विद्यार्थीलाई सोलार वितरण गरिएको छ । नेपाल सरकारको उज्यालो शिक्षा अभियानअन्तरगत जनसङ्ख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, खुमलटारको सहयोगमा आएका सोलार एक कार्यक्रमका विच वितरण गरिएको हो । विद्यालयका कक्षा ९ र १० का गरी ९१ जना विद्यार्थीलाई १० वाटको सोलार पाता र २ वटा बल्ब धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको छ ।

सोलार वितरणपछि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सोलार दिने सस्थाँप्रति आभार ब्यक्त गरेका थिए । त्यसका साथै सोलार आएपछि आफूहरुको पढाइमा निकै ठूलो सहयोग पुग्ने विद्यार्थीहरुले प्रतिक्रिया दिए । ‘अनियमित लोडसेडिङले पढाइमा बाधा पुगेको थियो ।’ सोलार लिइसकेपछिको कार्यक्रममा बोल्दै कक्षा १० का छात्र अशोक नेपालीले भने, ‘अब सोलार आएपटि त्यो समस्या अन्त्य भएको छ ।’ कक्षा ९ मा पढ्ने छात्रा सृजना खत्रीले पनि सोलारले पढाइमा ठूलो सहयोग पुग्ने बताइन् । ‘लोडसेडिङ भएको बेला सधै बत्ती बालेर पढ्नुप¥थ्र्यो, घरको आर्थिक अवस्था पनि कमजोर छ ।’ उनले भनिन्, ‘अब सधै उज्यालोमै बसेर पढ्न पाइने भयो ।’
gulmi school solar
लोडसेडिङ भएको समयमा पनि विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नपुगोस् भन्ने उदेश्यले सोलार विद्यार्थीहरुलाई सोलार वितरण गरिएको गाउँपालिका प्रमुख पोखरेलको भनाई छ । सोहि कार्यक्रमअन्तरगत अहिले गुल्मी जिल्लाका विभिन्न विद्यालयमा दुई हजार आठ सय सोलार पाताहरु वितरण भइरहेका छन् । जिल्लामा यस वर्ष विभिन्न विद्यालयमा गरी एक करोण ८२ लाख बराबरका सोलार वितरण हुने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभएको छ ।

केहि सामाजिक सञ्जालहरुमा केहि ब्यक्तिको पहलमा सोलार वितरण गरिएको भन्ने कुरा झुटो भएको भन्दै जिल्ला शिक्षा अधिकारी खनालले यो नेपाल सरकारको नियमित कार्यक्रम भएको र जनताको करबाट सञ्चालन भएको भन्दै कोहि पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । उज्यालो शिक्षा अभियानअन्तरगत अहिले देशका रोल्पा, रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रमको जिम्मा पाएको कम्पनी सौर्य रोस्नी प्रा.लि.ले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D