gulminews logo
शनिबार, २०८१ बैशाख ८

नेबिसंघका नेता आचार्यद्धारा जन्मदिनको खर्च शैक्षिक क्षेत्रलाई

अनिश शर्मा गैरे
गुल्मी । नेपाल बिद्यार्थी संघका नेता राम प्रसाद आचार्यले आफ्नो जन्म दिनको अवसरमा गरीने खर्चलाइ शैक्षिक क्षेत्रमा खर्च गरेका छन । उनले जन्मदिनको अवसरमा गरीने बिभिन्न फजुल खर्चहरुलाइ बचाएर बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्नुका साथै बक्तृत्वकला प्रतियोगीता गरी पुरस्कार बितरण गरेका हुन ।

आचार्यले बिद्यार्थीको लागि राजनीति गरेपछि उनीहरुको क्षेत्रमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्दछ भन्ने मुल मन्त्रका साथ सो कार्यक्रम गरेको बताए । उनले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ शैक्षिक समाग्रीहरु हस्तान्तरण गर्दै बिद्यार्थीले बिद्यार्थीको लागि काम गर्न पाएकोमा खुशी ब्यक्त गरे । अन्य ब्यक्तिहरुले जन्मदिनहरुमा बिभिन्न भोज भतेर गरी पैसा अनुत्पादक क्षेत्र खर्च गरेका देख्दा आफुले भने सो खर्चलाइ केही सामाजिक क्षेत्रमा खर्च गर्ने मनसाय बनाएको र नेपाल बिद्यार्थी संघको एक कार्यक्रमको माध्यमबाट सो काम गरेका बताए ।

आचार्यको प्रायोजनामा आज महेन्द्र आदर्श माबि वामीमा बिद्यार्थीको बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । नेबिसंघ इकाइ सभापति भुवन काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेबिसंघ जिल्ला कार्यावाहक सभापति झबिन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेका थियो । त्यसैगरी कार्यक्रममा शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाला सापकोटा, नेता कौरब खत्रीm शिक्षक संघ जिल्ला उपाध्यक्ष मृगेन्द्र रिजाल, नेबिसंघ जिल्ला सहसचिब बिष्णु प्रसाद आचार्य चकित, जिल्ला सदस्य तथा प्रयोजक राम प्रसाद आचार्य, पार्वती केसी, नेबिसंघ रेसुङ्गा बहुमुखी क्याम्पस सभापति अर्जुन पोखरेल, महिला संघ जिल्ला सदस्य सुमित्रा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

बिपीको तस्वीरमा माल्र्यापण सँगै उद्घाटन भएको बक्तृत्वकला कार्यक्रममा ११ समुहको सहभागीता रहेको थियो भने निशान खत्री प्रथम, रामु घिमिरे द्धितिय, हिमाल भुषाल तृतिय तथा मीना खत्री सान्त्वना भएका छन । उत्कृष्ट हुने तथा अन्य बिद्यार्थीहरुलाइ पनि पुरस्कार सहित सम्मान गरीएको थियो भने कार्यक्रमका प्रायोजक आचार्यलाइ पनि सम्मानीत गरीएको थियो । सो अवसरमा गरीब तथा जेहेन्दार ८ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला का. सभापति झबिन्द्र पाण्डे, नेता कौरब खत्री, सहसचिब बिष्णु प्रसाद आचार्य, जिल्ला सदस्य पार्वती केसी, नेबिसंघ रेसुङ्ग ब क्याम्पस सभापति अर्जुन पोखरेल लगायतले बोल्दै आफ्नो गास काटेर बिद्यार्थीको लागि खर्च गरेका आचार्य प्रति आभार ब्यक्त गर्दे बिद्यार्थी नेताहरुले बिद्यार्थीको लागि काम गर्नुपर्ने बताए ।
इकाइ उपसभापति युनिक सुरज आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन समुन्द्र काफ्लेले गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D