gulminews logo
शनिबार, २०८१ बैशाख ८

निसी र हुल्दी खोलामा आएको बाढी पहिरो खाडुमा पसेपछी स्थानीयवासी भागाभाग

सुमन सुनार
बुर्तिवाङ, भदौ १ । गत साउन २० गते निसीखोला गाउँपालिकामा अबिरल वर्षाका कारण बाढी पहिरोले पाँच जनाको ज्यान लिनुका साथै हुल्दीका सयौैँ परिवार विस्थापित भएर लेकमा शरण लिई रहेकै अवस्थामा गए राति ९ बजेको समयमा परेको अबिरल वर्षाले खाडु गाउँ देखि माथि रहेको बाहुनगाउँ काँडाबाट झरेको पहिरो निसीखोला गाउपालिका- २ को खाडु गाँउमा पसेपछि ७ घर पुरिने अवस्थामा रहेको निसीखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । पहिरो खाडुमा पसेर घरहरु डुबाएपछी स्थानीयवासीहरुमा भागदौड मच्चिएको थियो । उनिहरु घर छोडेर सुरक्षित स्थान खोज्दै रातभर जाग्राम बसे । खाडुवासी अहिलेपनि बाढी पहिरोको सन्त्रासमा छन् ।

अध्यक्ष पौडेलका अनुसार पानी परे संगै ढुंगाहरु खस्न थाले पछि स्थानिय बासिन्दा हिजो राति नै सुरक्षित स्थानमा स्थानन्तरण भएका थिए । मानिसहरु अन्यत्र पुगेकाले कुनै मानवीय क्षती भने नभएको उनको भनाई छ ।
nishikhola news
सानो-सानो बजार रहेको खाडुमा अहिले विहान इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली उद्धारकालागि घटनास्थलमा पुगेको छ । निसीखोला गाउपालिकाका अध्यक्ष पौडेल लगायत जनप्रतिनिधीहरुपनि घटनास्थलमा पुगेको अवस्था छ । खोलामा पानीको सतह घट्दै गएपछि खाडुको जनजीवन सामान्य बन्दै गएको वडा अध्यक्ष ईन्द्र मल्लले जानकारी दिएका छन् ।

पहिरोले घरहरु पुर्ण रुपमा नपुरे पनि घरको झ्याल ढोका खोल्न नमिल्ने गरि पुरेको छ । पहिरो झर्ने क्रम अझै जारी रहेकाले घरहरु पुर्णरुपमा पुरिन सक्ने भन्दै स्थानिय बासिन्दा त्रसित भएका छन ।

पहिरोले स्थानिय दिल बहादुर कार्कीको ३ घर सहित १ ओटा पिकअप जिप समेत पुरिने अवस्था छ । अन्य स्थानिय सवराज छन्त्याल, टेक बहादुर कार्की, यम कुमारी कुवँर, हुम बहादुर कार्की र नर बहादुर कार्कीको घर पुरिने अवस्थामा रहेको अध्यक्ष पौडेलले बताए ।

प्रहरी र छिमेकी गाउँलेहरुको सहयोगमा घर भित्र रहेका निकाल्न सकिने समानहरु निकालेर सुरक्षित स्थान तर्फ राख्ने क्रम जारी रहेको गाँउपालिका अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D