gulminews logo
बिहीबार, २०८० चैत्र १५

नारायणगढ–मुग्लिन सडक खण्डमा पुन: ठुलो पहिरो, सवारी आवागमन ठप्प

चितवन, ७ श्रावण । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताए । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए ।

सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अबरुद्ध भएको थियो । सोही सडकको जलविरेमा आज बिहान पहिरो खस्दा तीनघण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि यो सडक हुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् । -रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D