gulminews logo
बिहीबार, २०८० चैत्र १५

नयाँ शक्ती नेपाल गुल्मीले छान्यो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार

अनिल खत्री
गुल्मी, असोज २३ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नयाँ शक्ती पार्टी नेपाल गुल्मीले सर्वसम्वत रुपमा उम्मेदवार छनोट गरेको छ । पार्टिको जिल्ला सदरमुकाम तम्घास बसेको बैठकले प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर एकवाट तेज बहादुर थापा र क्षेत्र नम्बर २ बाट गणेश कुवँरलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ क्षेत्र नम्बरबाट जनक पन्थ र क्षेत्र नम्बर दुईबाट राजेन्द्र जिसीलाई उम्मेदवारको सिफारि गरेको छ । पार्टीले प्रदेशसभाको प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट सरोज कुमार गुरुङ्ग समानुपातिक तर्फ छत्रबहादुर सार्की रहेका छन् । क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ घनश्यम पाण्डेय र समानुपातिक तर्फ बास बहादुर थापा रहेका छन् ।

क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ पदमबहादुर खत्री र समानुपातिक तर्फ रेणु नेपाली रहेकी छन् । क्षेत्त नम्बर ४ बाट प्रत्यक्ष तर्फ ध्रुब कुवँर र समानुपातिक तर्फ खडेग बिक रहेको पार्टीले जनाएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा गुल्मीलाई तीन निर्वाचन क्षेत्रबाट समायोजन गरि २ वटा क्षेत्र निर्धारण गरेको छ भन प्रदेस सभामा ४ वटा क्षेत्रमा बिभाजन गरेको छ । । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३सय ३७ कुल मतदाता रहेका छन् ।
जस मध्ये महिला १ लाख १ हजार ६ सय ६१ पुरुष ९४ हजार ५ सय ७५ र १ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी कृष्ण पन्थीले जानकारी दिए । जिल्लामा महिला मतदाताहरुको सख्या वढी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D