gulminews logo
मंगलवार, २०८१ बैशाख ११

नजानेर छोटो लगाएँ: एलिना रायमाझी

काठमाडौं । पछिल्लो समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा छोटो कपडा लगाएर नृत्य तथा अभिनय गर्ने होडबाजी नै चलेको पाइन्छ । विशेषतः युट्युवकेन्द्रित भिडियो भएकाले पनि यस्तो प्रवृत्ति हावि हुँदै गएको पनि छ । कतिपय मोडलहरू आफूखुसी छोटा कपडा लगाएका हुन्छन् भने कतिपयलाई अन्जानमै त्यसरी भिडियोमा उत्रिन लगाइन्छ ।

यसैबीच नेपाली म्युजिक भिडियोको मोडलिङ क्षेत्रमा करिअर बनाउँदै गरेकी नव–मोडल एलिना रायमाझीले पनि छोटो कपडा लगाएर नृत्य गरेकोमा पछुतो मानेकी छिन् । आजभन्दा तीनवर्ष अघिबाट मोडलिङ यात्रा सुरु गरेकी एलिनाले गृहजिल्ला गुल्मी र अर्घाखाँचीमै बसेर धेरै गीतहरूमा मोडलिङ गरिन् । अहिलेसम्म ३० वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी एलिनाले मोफसलमा बसेर १५ भन्दा बढी गीतहरूमा अभिनय गरिन् । साथै उनले काठमाडौं आइसकेपछि डेढ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

alina rayamajhiशुरुवातका दिनमा आफूलाई यो क्षेत्रको बारेमा खासै थाहा नभएको र कस्तो कपडा लगाउँदा के हुन्छ भन्ने ज्ञान नभएकोले सुरुवातमा छोटा कपडा लगाउन लगाइएको उनले बताइन् । ‘मलाई सुरुवातका दिनमा केही थाहा दिएन । यो क्षेत्रमा रुचि मात्र राखेकी थिएँ । म्युजिक भिडियो निर्माण गर्नेले छोटा कपडा लगाऊ भन्दा मैले त्यसै गरेँ, त्यो भने अन्जान थियो’, एलिनाले विगतलाई सम्झिँदै भनिन् । साथै उनले अहिले त्यो समयको आफ्नो अन्जानपनलाई सम्झिँदा पछुतो लागेको बताउँछिन् । ‘मैले अहिले यो क्षेत्रलाई राम्रोसँग बुझ्ने मौका पाइसकेकी छु । अब त्यस्तो गल्ती कहिल्यै गर्दिन’, एलिना भन्छिन् । उनले आफूलाई छोटो लगाएर नृत्य गरेको मन नपर्ने बताउँछिन् । गीतका शब्दले माग्यो भन्दैमा हदसम्मको छोटो लगाएर नृत्य गर्न नहुने उनको भनाइ छ ।

एलिनाले पछिल्लो समय हरिमाया रायमाझी र विशाल रायमाझीको ‘नक्कले भिनाजु’ बोलको गीतमा नृत्य गरेकी छिन् । साथै उनको पछिल्लो समयको लोकप्रिय गीत शर्मिला रायमाझी र नेत्र भण्डारीको स्वरमा रहेको ‘जिरो फिगर’ बोलको गीत हो । एलिनाले आफ्नो नृत्य यात्रा चलचित्र ‘उधुम’को ‘योवनको नशा’ बोलको आईटम गीतबाट गरेकी थिइन् ।

सानैदेखिको रुचिको विषय भएकोले यो क्षेत्रमा लागेको बताउने एलिनाले आफू नायिकाको रूपमा आउन चाहेको बताउँछिन् । ‘मैले सानैदेखि अभिनयको क्षेत्रमा साह्रै मन राख्ने गर्छु । मोडलिङसँगै एक सक्षम नायिकाको रूपमा चिनिन चाहन्छु’, उनी भन्छिन् । उनले कुनै पनि चलचित्रमा नायिकाको भूमिकामा अफर आएमा स्वीकार गर्ने पनि बताइन् । एलिनाको परिवारका दुई दिदी गायिका र एक दाई गायक हुन् । -हिमालय टाईम्सबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D