gulminews logo
बिहीबार, २०८१ बैशाख १३

धुर्कोट–रूपन्देही सम्पर्क समाजको दसैं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

रुपन्देही, ५ असोज । धुर्कोट (गुल्मी)–रूपन्देही सम्पर्क समाजको आयोजनामा विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पाबन अबसरमा समाजले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान गर्दे धुर्काेट जन्मभुमीप्रति बिकासलाई सबैको चासो हुनुपर्ने बताएका छन् । उनीहरुले राजनीतिभन्दा माथि उठेर समाज परिर्वतनको लागी युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए । बरिष्ठ शिक्षाबिद युवराज भन्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काग्रेसका युवा नेता महेन्द्र भन्डारी, नेकपा एमाले रुपन्देही जिल्ला कमिट सदस्य बाबुराम पन्थी डिभिजन सहकारी कार्यलय रुपन्देहीका प्रमुख नेत्र घिमिरे लुम्बिनी अञ्चल अस्पताल बुटबलका रेडियोलोजीष्ट राजेन्द्र खनाल बरिष्ठ पत्रकार महेन्द्र थापाले बोल्दै सम्पर्क समाजको भुमिका महत्वपुर्ण हुने भएको बताएका छन ।

त्यस्तै हाडहाडे गाबिसका पुर्वअध्यक्ष जंग बहादुर श्रीस धुर्काेट गाउपालिका वडा नं ६का बडा सदस्य ज्ञानबहादुर नेपाली प्राध्यापक राजेन्द्र पोखरेल धुर्कोट( गुल्मी)(रूपन्देही सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष भुबनेश्वर भन्डारी कार्यक्रम संयोजक राजेन्द्र घिमिरे लगायतले पनि सो कुरामा जोड दिएका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन महासचिब अर्जुन ज्ञवालीले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D