gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु

हुमाकान्त पोखरेल
गुल्मी, १० चैत । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थल स्थित धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको छ । सेवाको बिहीबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गर्नुभयो । केन्द्रमा भिडियो एक्सरे सेवा नहुँदै बिरामीहरु सेवा लिनको लागि तम्घास वा पाल्पा जानुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई अन्त्य गर्नको लागि प्राथमिक स्वास्थ्य केन्द्रले सेवाको सुरुवात गरेको हो ।

कार्यक्रमकै अवसरमा पाँच आधुनिक साधनहरुको उपलब्धता सुनिश्चितता कार्यक्रम पनि सम्पन्न गरिएको छ । उक्त कार्यक्रमअन्तरगत केन्द्रमा कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आयुसिडी गरी पाँचवटा परिवार नियोजनका साधनहरु उपलब्ध गराइने भएको छ । उक्त साधनमध्ये इम्लान्टको सुविधा केन्द्रमा थिएन । अब इम्लान्ट राख्न वा झिक्नको लागि तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको केन्द्रका डाक्टर जनक पाठकले जानकारी दिनुभयो । केन्द्रमा पोष्टमार्टम घर बनाएर पोष्टमार्टम समेत सुरु गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले सबैभन्दा ठुलो स्वास्थ्य रहेकोले पालिकाले स्वास्थ्यमा लगानी गरेको बताउनुभयो । अब लगत्तै १५ शैयाको अस्पताल पनि बन्दै गरेकोले स्वास्थ्यमा धुर्कोटले फट्को मारेको बताउनुभयो । गाउँपालिकाका विभिन्न १७ सुचकमध्ये तेस्रो स्थानमा परेकोले अब पहिलो स्थानमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य केन्द्रका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जैसिथोक र वाग्लाको लागि नयाँ एम्बलेन्स खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेल, स्वास्थ्य शाखा संयोजक प्रेम खनाल, गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डे, वडाध्यक्ष कृष्ण नेपाली, वडा सदस्य शालिकराम अर्याल, पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, पत्रकार बासुदेव पोखरेल, अस्पताल व्यवस्थापन समितिका सदस्य मनोहर पन्थी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D