gulminews logo
शुक्रबार, २०८० चैत्र १६

धुर्कोटमा बडा दशै महोत्सव सुरु, राजेश हमाल आउँदै

प्रेम सुनार
गुल्मी, असौज १० । गुल्मीको धुर्कोट गाउँपालिकामा आज देखि बडा दशै महोत्सव २०७४ सुरु भएको छ । तिन सम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहका विच उद्घाटन गरेका थिए ।

‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’ भन्न्े मुलनाराका साथ सुरु भएको महोत्सवलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख पोखरेलले ऐतिहाँसिक धुर्कोटको पहिचान र यहाँको धार्मित तथा सांस्कृतिक पक्षलाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताए । उनले धुर्कोट गाउँपालिकालाई नमुना गाउँ पालिका बनाउने यहाँको सवै राजनैतिक दलले संकल्प गरेको र बनाएर्रै छाड्ने उदघोष गरे । त्यस्तै उपप्रमुद शिवबहादुर खत्रीले केहि महत्पुर्णयहरु गरेर धुर्कोटको विकासमा लागिएको जानकारी दिएका थिए ।

dhurkot melaमहोत्सव स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान , व्यपारिक स्टलहरु राखिएको छ । महोत्सवको आर्कणका रुपमा पाकिस्तानबाट मगाईएको उड प्रर्दर्शनी स्थलमा राखिएको छ । महोत्सवको पहिलो दिन आज चर्चित लोक गायक रामजी खाँड , मेरी वास्सैका कलकार प्रकाश कंडेल (गुलेली कान्छा ) , एशियार्कै होची महिला मञ्जु घिमिरे , कलकार रमेश कौशल , विशाल श्रेष्ठ , महेन्द्र भण्डारी र वालकलाकार संङ्गित पौड्यालको वेजोड प्रस्तुती रहेको थियो ।

भोली अर्का चर्चित कलाकार कुलेन्द्र बिश्वकर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहेने भएको छ । पर्सी समापनको दिन महानायक राजेश हमला लगायतको जमघट हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता छन्दबहादुृर पहराई , नेकपा एमालेका कृष्ण घिमिरे, माओवादी केन्द्रका निमहादुर पाण्डे , वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थीले. सहभागी सवै वडाध्यक्षको तर्फबाट मन्तव्य राखेका थिए ।

गाविस पछि गाउँपालिका भएको गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ । देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले आयोजना गरेको महोत्सवको प्रवन्ध निर्देशक रहेका छन गायक तथा सञ्चारकर्मी मदन खनालले ।

त्यस्तै संयोजक गरेका छन अर्का कलाकार रामजी नेपालीले । खनालकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वडा नम्वर ४ जैसीथोकका वडाध्यक्ष मानहादुर कुँवरको स्वागत मन्तव्य ईन्दिरा मावि धुर्कोटका शिक्षक कृष्णबहादुर केसीको सञ्चालन रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D