gulminews logo
बिहीबार, २०८१ बैशाख ६

दृष्टिविहीन केशबहादुर भन्छन्, ‘आमाको सेवा गर्न सकेकोमा गर्व छ’

टोपलाल अर्याल
गुल्मी । सात दशक पुग्नै आँटेकी आमा दीर्घरोगी र दृष्टिविहीन छन् । आमाको साहारा बनेका ५१ वर्षका छोरा केशबहादुर पनि पूर्णरुपमा दृष्टिविहीन छन् । यो दुखद चित्र हो मुसिकोट नगरपालिका–३ बडागाउँ चौरका एक थापा परिवारको ।

केशबहादुरको काँधमा शरीर नचल्ने, आँखा नदेख्ने र बोल्नसमेत नसक्ने आमाको जिम्मेवारी छ । केशबहादुरले भने ‘के गर्नु भगवानको श्राप लाग्यो, मर्न सकिएन ।’ छामछुम गर्दै आमालाई दुध खुवाउँदै गरेका केशबहादुरले थपे, ‘तर पनि आमाको सेवा गर्न सकेकोमा गर्व छ ।’

छामछुम गर्दै आमालाई दुध खुवाउँदै गरेका केशबहादुरले भने, ‘तर पनि आमाको सेवा गर्न सकेकोमा गर्व छ ।’

बाबुको मृत्युपछि सबै जिम्मेवारी केशबहादुरको टाउकोमा आयो । उनका बाबु तिलबहादुरको १५ वर्षअघि मृत्यु भएको थियो । छिमेकी खुमबहादुर थापाका अनुसार, केशबहादुर छ वर्षको हुँदा उच्च ज्वरोले उनको आँखाको ज्योति गुम्मेको थियो । पहिल्यैदेखि आँखा कम देख्ने आमालाई आठ वर्षअघि पक्षघात भयो ।
kesh bahadur thapa
आर्थिक अभावले तत्काल उपचार गराउन नसकेपछि उनको शरीरको एक भाग पूरै चल्न छाड्यो, बोली पनि बन्द भयो । केशबहादुरले भने ‘आमाले भात खान सक्नु हुन्न, भात खान नसक्ने भएकै कारण रोटी बनाउँछु ।’

दृष्टिविहीन केशबहादुरले आमाको हेरचाह मात्र होइन घरमा तीन वटा बाख्रा पनि पालेका छन । उन भने, ‘थोरै भएपनि आम्दानी हुन्छ, अपाङ्ग मान्छे अरु केही गर्न सकिन्न ।’

सानो उमेरदेखि नै त्यही माटोमा हुर्किएकाले उनले वरिपरीको सबै जानकारी स्पर्शबाट प्राप्त गर्दछन । आम्दानीको श्रोतको रुपमा बाबुको पेन्सन छ । तर आफु दृष्टिविहीन र आमा अशक्त भएका कारण त्यही पेन्सन ल्याउन पनि धेरै जनालाइ गुहार्नु पर्ने बाध्यता रहेको उनले बताए ।

केशबहादुरलाई पनि आमालाई स्याहारसुसार गर्ने बुहारी भित्राउन मन नभएको त होइन तर आमा, छोरा दुवैको इच्छा अहिलेसम्म अधुरै रहेको छ ।

धेरै बेर अड्किएर बोल्ने केशबहादुरकी आमाको केरा खाने धोको छ । नजिक पसल नभएकाले आफूले ल्याउन नसक्ने केशबहादुरलाई आमाको इच्छा पुरा गर्न नसक्दा नमिठो लाग्छ । यस्तै अर्को धोको पनि छ आमाको छोराको बिहे गर्ने । केशबहादुरलाई पनि आमालाई स्याहारसुसार गर्ने बुहारी भित्राउन मन नभएको त होइन तर आमा, छोरा दुवैको इच्छा अहिलेसम्म अधुरै रहेको छ ।

भरखरै निर्वाचित भएका वडाध्यक्ष कर्णध्वज जिसीले २० बर्षसम्म जनताहरु जनप्रतिनिधि विहिन भएका कारण थापा परिवारजस्ताको पुर्नस्थापना हुन नसकेको बताए । उनले अब देशले जनप्रतिनिधि पाएको कारण यस्ता परिवारको वडा तहबाटै काम हुने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D