gulminews logo
बिहीबार, २०८० चैत्र १५

दुर्घटना न्यूनिकरण गर्न गुल्मीका सड्कमा ऐना

अनिल खत्री
गुल्मी असोज ३० । दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सड्कमा ऐना राख्न सुरुवात भएको छ । जिल्लाको सदरमुकाम तम्घास देखि रिडी सम्म रहेका अति जोखिमपूर्ण घुम्टीहरुमा ऐना राख्न सुरुवात भएको हो ।

तम्घास–रिडी–बुटवल सड्क अन्र्तगत सदरमुकाम सम्म जोडिने अति व्यस्त सड्कमा दुर्घटना न्यूनिकरण गर्नको लागी ऐना राख्ने काम सुरुवात भएको छ । सड्क डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्ला स्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको महत्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको छ ।

तम्घास देखि रिडी सम्म ६५ किलो मिटर सड्कमा पर्ने अति जोखिमपूर्ण अबस्थामा रहेका घुम्टीहरुमा सड्क ऐना राखिने जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए । पहिलो चरणमा सवारी आवत जावत गर्ने क्रममा घुम्तीहरुमा सवारी साधन आएको नदेखिने अबस्थामा रहेका घुम्टीहरुमा हाल सम्म १४ वटा सड्क ऐनाहरु राखिएको सड्क डिभिजन कार्यालय कार्यालय पाल्पा सुचना अधिकृत पबित्रामणी आचार्यले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा अति जोखिमपूर्ण ठाउँमा राख्ने काम भएको जानकारी दिए । तम्घासबाट रिडी सम्मका जोखिम ठाउँहरुमा थप गरेर राखिने आचार्यले बताए । सदरमुकाम तम्घासबाट सुरुवात गरिएकोमा हाल बिरवास सम्म ऐना राखिएको छ । केहि समय अघिबाट राख्ने काम भएपनि २ वटा ऐना तोडफोड भइसकेका छन् ।
सड्कमा राखिएका ऐनाको मुल्य फिटिङ्ग सहित प्रति एकको रु २५ हजार लाग्ने गर्दछ । ऐनाको सिसा ढुंगााले हान्दा समेत नफुट्ने खालको रहेको छ । घुम्टीमा राखिएका ऐनाबाट बिवरित दिसाबाट आईरहेको सवारीलाई देख्न सकिन्छ । केहि स्थानमा रहेका ऐनाहरु तोडफोड भएसँगै प्रहरीसँग जानकारी गराएको अधिकृत आचार्यले जानकारी दिए ।
राखेको केहि दिनमै तोडफोड हुनु अमानविय कार्य भएको उनको भनाई छ । लेन्थ ओरकरबाट दिउसको समयमा रेखदेख गर्ने अधिकृत आचार्यले जानकारी दिए । सड्क बिस्ता गरेर ठुलो र चौडा सड्क नबन्जुेल सम्म सड्कमा रहेका ऐनाले दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण काम गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
बिपरित अबस्थामा आएका सवारी साधनहरु कुन गतिमा आएको छ कुन गतिमा अर्को सवारी साधन चलाउने सम्मको देख्न सकिने हुँदा दुर्घटना न्यूनिकरणमा अति महत्वपूर्ण रहेको थापाले बताए । यसको प्रभावकारीताको लागी सबैले ध्यान दिएर संरक्षण गर्नुपर्ने प्रहरी उपरिक्षक थापाले जोड दिए । जोखिमपूर्ण घुम्टीहरु हुँदा वर्षेनी सवारी साधनहरु एक आपसमा ठोकिने तथा दुर्घटना हुँने गर्दछन् ।
सड्कमा ऐना राखेदेखि निकै सजिलो भएको जिप चालक मानबहादुर थापाको भनाई रहेको छ । सड्कमा ऐना त राखियो सुरक्षित भएन चालक थापाले भने ‘राखेर मात्र भएन यसको संरक्षण गर्ने तर्फ ध्यान दिनुप¥यो ।’ स्थानियलाई वा कुनै क्लव समुहलाई ऐनाको सुरक्षा दिन जिम्मा लाएर भए पनि सुरक्षित गर्न तर्फ ध्यानदिुर्नेमा उनको जोड थियो ।
धेरै ठाउँ नराखिए पनि जती ठाउँमा छन् त्यो निकै राम्रो काम भएको अर्का बस चालक गुल्मी दरवार गाउँपालिकाका भरत कार्कीको भनाइ रहेको छ । उनले सड्क छेउमा रहेका ऐनाले सवारी चलाउँदा ढुक्क भएर चलाउन पाएको अनुभव बताए ।
राम्रो कामको सुरुवात भएको छ उनले भने ‘दिर्घकालिन र सुरक्षित गर्न तर्फ ध्यान दिनुपर्ने हुन्छ ।’ धेरै जसो सवारी चालकहरुको एउटै आवाज सुरक्षित र दिर्घकालिन हुनुपर्ने रहेको छ । केहि दिनलाई राख्ने सुरक्षित गर्न ध्यान नदिने हो भने यसको कुनै अर्थ नरहेको चालकहरुको भनाई रहेको छ ।
तम्घास देखि रिडी सम्मको सड्क सानो हुँदा स्तर उन्नती गरेर चौडा पार्ने अबस्थामा रहेता पनि हाल सम्म त्यसो हुन सकेको छैन् । सड्कको धेरै जासो ठाउँ एक तर्फमात्र सवारी साधन आवत जावत गर्ने खालको रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D