gulminews logo
शुक्रबार, २०८० चैत्र १६

दुर्घटना अप्डेट: ‘उछिट्टिएर ५ सय मिटर तल झरेको थियो, मृत्‍यु हुनेमा एक जना ब्रिटिश आर्मी पनि’

घनश्याम गौतम
गुुल्मी, कार्तिक १३ । बुटवलबाट तम्घास आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रो सोमबार गुल्मी दरबार गाउँपालिका-४ बीरबास नजिकै दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ घाइते छन् ।

यो पनि पढ्नुहोस्: गुल्मी दुर्घटनाले गुल्मीका शिर्ष नेताहरु पनि शोकमा, कस्ले के भने?

रिडी तम्घास खण्डको साँघुरो घुम्तीमा तीव्र गतिमा आइरहेको माईक्रो विपरित दिशाबाट गएको लु १ च ४५२२ नम्बरको जिपसँग ठक्कर खाएछि अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

घुम्तीबाट उछिट्टिएको माईक्रो सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार घटनास्थलमै ६ र उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै ५ जनाको मृत्यु भएको हो ।

घटनामा छत्रदेव गाउँपालिका-७ भगवती अर्घाखाँचीका ४३ वर्षीय रामप्रसाद पाण्डे, मालिका गाउँपालिका-६ अर्जैका २५ वर्षीय लालबहादुर मुखिया, इश्मा गाउँपालिका-१ हस्तिचौरकी यमुना मरासिनी, इश्मा गाउँपालिका-२ दर्लामचौरका ४५ वर्षीया रुमी नेपाली, इश्मा गाउँपालिका-६ अमरपुरका २५ वर्षीय डिलबहादुर कुमाल, मुसिकोट नगरपालिका-३ बडागाउँकी ५२ वर्षीय मानकुमारी थापा, ब्रिटिस सेनामा कार्यरत बुटवलका केशबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक अनुरागकुमार द्वेवेदीले बताए ।
Gulmi-Accident-photo
घटनामा माइक्रो चालक रेसुंगा नगरपालिका १० सिमिचौरका भीमबहादुर घर्ती मगर र रुरु गाउँपालिका-६ रिमुवाकी सुमित्रा दर्लामीको उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो । घाइते ८ मध्ये २ बालिकाको मिसन अस्पताल र अन्य ६ जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । उपचारका लागि पठाइएका घाइतेमध्ये थप १ को अवस्था गम्भीर छ ।

यस्तै उपचारको क्रममा मालिका गाउँपालिका-७ का १९ वर्षीय सुमन कार्की र इश्मा गाउँपालिका-६ अमरपुरका २४ वर्षीय बीरबहादुर कुमाल रहेका छन् ।

घटनास्थल निकै अप्ठ्यारो र धेरै तल खसेपनि स्थानीय र सशस्त्र प्रहरीले तत्काल उद्दार गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D