gulminews logo
बुधबार, २०८१ बैशाख १२

दुई दिन देखी बिद्युत आपूर्ति बन्द, खर्वाङ-वामी आसपासको जनजीवन प्रभावित

कमल पौडेल
खर्वाङ, साउन २९ । साउन २७ गतेको मध्य रात पछी गएको बिजुली अहिले सम्म आएको छैन । अबिरलवर्षाका कारण बाढी पहिरोले दगातुंडाडा गिरिंदी खोला जलविद्युत आयोजनाको मुहान र कुलो (नहर) पुरेपछी बिद्युत वितरण अवरुद्ध बनेको हो ।

एकातिर अबिरल वर्षा र बाढी-पहिरोले बाटो/सडक अस्तव्यस्त बनेको अवस्था अर्कोतिर दुई दिन देखी वितरण बन्द भएपछी साविक दगातुंडाँडा गाविसको जनजीवन नराम्ररी प्रभावित बनेको छ । उद्योग/धन्दा बन्द छन, सन्चार क्षेत्र ठप्प छ । अन्धकारमय जीवन विताउन बाध्य छन् स्थानीयवासी । मोबाईल चार्ज गर्न नपाएर सम्पर्क विच्छेद भएपछी त झनै सास्तीको अनुभूति गरिरहेका छन यहाँको नागरिक ।

खासगरी छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारको दरमखोला तल्लो र उपल्लो विद्युत आयोजना दुबै बाढी पहिरोले पुरिएर आधा मुसिकोट अन्धकार बनेपछी दरम वारीपारी गरेर मोबाईल चार्ज गर्न नपाउदा थप समस्या परेको हो । अहिले खर्वाङ बजारवासीलाई ग्वालिचौर खारबजार सम्म मोबाईल चार्ज गर्न जानु पर्ने बाध्यता छ ।

आज दिनभरीमा गिरिँदी विद्युत आयोजनाको नहर सफाई गरेपछी विद्युत सप्लाई हुने आशामा स्थानीयवासी रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D