gulminews logo
बुधबार, २०८१ बैशाख १२

दसैं तिहार लक्षित गरेर शनिवार पनि तम्घास बजार खुल्ला

अनिल खत्री
गुल्मी भदौ ३१ । शनिवार बन्द हुँदै आएका गुल्मीको तम्घास बजार खुल्ला रहने भएको छ । दसैं तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकिए सगै पर्वहरुलाई मध्य नजर राखेर शनिवार बन्द हुँदै आएको तम्घास बजार खुल्ला रहने निर्णय भएको छ ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सदरमुकाम तम्घास बजार सँगै ग्रामीण भेगका रिडी, वामीटक्सार, शान्तिपुर, वलेटक्सार, सिमलटारी,पुर्कोटदह,इस्मा मैदान लगायतका मुख्य बजारहरु पनि शनिवार बन्दै हुँदै आएका थिए । दसैं तिहारमा दैनिक उपभोग्य समानहरु सँगै पर्व बिशेष बिभिन्न सामानहरु किनमेल गर्न सहजहोस भन्दै बजार खुल्ला गर्ने निर्णय भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
दसैं नजिकिए सँगै तम्घास बजार सहित ग्रामीण भेगका मुख्य बजारमा चहलपहल सुरु भएको छ । दसैं तिहार मनाउन स्वदेस तथा बिदेसबाट फर्किने क्रमम सुरु भएसँगै चहलपहल वढन थालेको छ ।

वाणिज्य संघ गुल्मीले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न भन्दै प्रत्येक शनिवार बजार बन्द गरेर हाट बजार सञ्चालन गर्दै आएको थियो । तर पछिल्लो केहि वर्ष यता हाटबजार पनि सँञ्चालनमा आउन सकेको छैन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D