gulminews logo
बुधबार, २०८१ बैशाख १२

दसैँमा गुल्मी फर्कनेलाई सास्ती, ग्रामिण सडकहरु मर्मत भएनन्

टोपलाल अर्याल
गुल्मी, ५ असोज । दसैँ सुरु भयो, घरपरिवारले परदेश गएकाहरुकाे घर फर्कने बाटो कुर्न थाले । तर, जिल्लाका अधिकांश ग्रामिण कच्ची सड्कहरु मर्मत भएका छैनन् । सड्कहरु मर्मत नहुँदा यात्रु तथा सवारी साधनहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

जिल्लाको सदरमुकाम तम्घासबाट बिभिन्न ग्रामीण स्थान पुग्ने कच्ची सड्कहरु वर्षातसंगै रोकिएका थिए । तर अझै मर्मत नभएपछि यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन । जिल्लाको पश्चिम क्षेत्रमा लगभग धेरै स्थानमा सड्क मर्मत भए बस पुग्छन् । तर, सडक मर्मत नभएपछि यात्रुहरुले जीपकै प्रतिक्षा गर्नुपर्ने अवस्था छ ।

अरु बेलाको तुलनामा दशै तिहारमा यात्रुहरुको भिड बढि हुने भएकाले जीपले मात्र चाप थेग्न सक्दैनन् । ‘बससंगै जीप पनि जान्थ्यो भने धेरै मान्छे लैजान्थ्यो, सडक मर्मत नभएकाले जीप मात्र गाउँ जान्छन,’ मालिका गाउँपालिका ३ अर्खबाङ्गका उदय अर्यालले भने,‘अहिले पनि धेरैले दुख पाउने भए ।’
gulmi road
सवारी साधनहरु केहि स्थानहरुमा जोखिमपूर्ण अबस्थामा भएपनि पुग्ने गरेका छन् । जिर्ण सडक र सवारी साधनको कम उपलब्धताका कारण यात्रुहरुले वढी मुल्य समेत तिर्ने गरेका छन् । पहिलेका बर्षहरुमा जस्तै अहिले ग्रामिण कच्ची सडक मर्मत गर्न केन्द्र वा जिल्लाको मुख ताक्नु पर्दैन् ।

जसका लागि स्थानीय तहमै बजेट पुगेको छ । ‘सवै सडक सफा गर्न मौषम कुरेका छौ, प्रमुख सडक सफा गर्ने काम हुँदैछ,’ मालिका गाउँपालिका ६ का वडाध्यक्ष शोभाखर गिरीले भने,‘पैसाको कारण काम रोकिदैन् ।’ तर पनि धेरै स्थानीय तह चाडपर्वहरु नजिकिए पनि सड्कहरु मर्मतमा उदासिन छन् ।

जिल्लाका ग्रामीण भेगका पनि मुख्य बजार कच्ची सडकहरु हस्तिचौरको हर्पुकोट, इस्मा मैदान, अर्जै, घमिर, सिमलटारी, पुर्कोटदह, धुर्कोट, पिपलधारा, हाडहाडे, मुसिकोट मैदान, पौंदीअमराई, नेटा, दलिङ्ग लगायतका स्थानमा पुग्ने हुन् । तर गएको जेठ अन्तिम साताबाट ती सडक अत्यन्तै जिर्ण छन् । ती मध्ये केहि स्थानमा मात्र जीप पुग्ने गर्दछन् ।

गाउँमा सडक मर्मतलाई सम्बन्धित निकायले ध्यान नदिँदा आफुहरुलाई सवारी साधन चलाउन समेत मुस्किल परेको चालक दिपेन्द्र भट्राईले बताए । जहिले पनि दशै भनेर खुसीका साथ आएपनि घर पुग्नै दशा हुने क्याम्पस बिदा भएर काठमाण्डौबाट घर आएका मुसिकोट नगरपालिका ३ का सुरज ठकुरीले बताए ।

सडकको अवस्था राम्रो भए आफुहरु जीप र बस दुवै गाउँगाउँसम्म तयार रहेको गुल्मी यातयात व्यावसायी संघका माधव बिष्टले बताए । ‘अहिले पनि जोखिम मोलेर केहि सेवा दिइरहेका छौ,’उनले भने,‘ सडकनै नभए त कसरी पठाउँ ।’ सड्कहरु मर्मत हुने बित्तिकै बस सेवा सुचारु कै प्रतिक्षामा रहेको पश्चिम नेपाल बस व्यावसायी समिति गुल्मीका सुरज थापाले जानकारी दिए ।

उनका अनुसार, सड्क कम बिग्रेका स्थानहरुमा बस सेवा सुचारु गरेको बताए । जिल्ला समन्वय समितिल अब छिट्टै जिल्लाका ग्रामिण क्षेत्रका सड्क मर्मत सुरु गर्ने गरि छलफल अगाडी वढाएको जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले जानकारी दिए । ‘निर्माणधिन अबस्थामा रहेका सड्कहरु सम्बन्धीत निर्माण व्यवसायीले गर्ने गरि सहमती भएको छ,’ मल्ले भने‘ दसैं अगावै जतिसक्दो छिटो बिग्रेका सड्कहरु मर्मत गर्ने गरि काम सुरु हुन्छ ।’ केही सड्कहरु गाउँपालिकाहरुले मर्मत गर्ने उनले बताए । दसैं अगाबै असोज १ गतेबाट कतिपय गाउँपालिकाले सड्क मर्मत गरेर सवारी साधनहरु सञ्चालन गरेको मल्लले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D