gulminews logo
बिहीबार, २०८० चैत्र १५

दश लाख मूल्य पर्ने ‘अगरउड’ बनस्पति गुल्मीमा एक सय रुपैयाँ मात्रै

गुल्मी, साउन १८ । संसारकै बहुमूल्य वनस्पतिमध्येको एक अगरउड बनस्पतिले नेपालमा मूल्य पाएको छैन । नेपालमा अधिकांश ठाउँमा हुने यो प्रजातिको बनस्पतिबारे वन नीति नबनेका कारण सस्तो मूल्य नपारेको वनस्पति विज्ञहरु बताउँछन् ।

अगरउड बनस्पति संसारकै बहुमूल्य वनस्पतिमध्येसातौ नम्वरमा पर्ने जिल्ला वन कार्यालय गुल्मीका जिल्ला वन अधिकृत विशाल घिमिरे बताउँछन् । यो वनस्पतिको बास्ताविक मूल्य दश लाख रुपैयाँ पर्ने भए पनि नेपालमा भने प्रतिकेजी एक सय रुपैयाँ मात्रै पर्ने गरेको घिमिरे बताउँछन् ।

agarwood in nepalमहंगो प्रजातिका लागि वन नीति नबनेका कारण मूल्य नपरेकाले वन नीति बन्नु आवश्यक रहेको बनस्पति विज्ञहरु बताउँछन् ।

अगरउड प्रजातिको वनस्पतिको मलेशिया, भियतनाम, चीन, थाइल्याण्ड, भुटानदेखि भारतसम्म पनि ब्यवसायिक रुपमा खेती हुने गरेको छ ।

विरुवा लगाएको झण्डै १५/२० वर्षपछि मात्रै आम्दानी लिन सकिने यो बनस्पतिबारे नेपालमा धेरैलाई जानकारी नभएकाले पनि यो ब्यवसायिक रुपमा लगाइने गरेको छैन ।

पछिल्लो समय, गुल्मीको सत्यावती गाउँपालिका वडा नम्बर ८ भार्सेमा स्थानीय ५५ वर्षीय धनबहादुर पुनले आफ्नै निजी वन दर्ता गरी ७७ रोपनी जग्गामा अगरउड बनस्पति लगाएका छन् ।

२०६३ सालमा थाइल्याण्डबाट पाँच बिरुवा ल्याएर थालेकामा अहिले २ हजार पाँचसय बिरुवा उत्पादन गरेको पुन बताउँछन् ।

पुन वन विभागबाट २०७४ असार २९ गते निजी वन राष्ट्रिय तृतीय पुरस्कारबाट सम्मानित भएका थिए । -रातोपाटीबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D