gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दशैंमा ३०० घर उपहार दिने सांसद चन्द्र भण्डारीको घोषणा

अनिल खत्री
गुल्मी, ८ असोज । दशैं तिहारको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले जिल्लाका सीमान्तकृत बोटे माझी र दलित बस्तीहरुमा एक-एक घर उपहार दिने घोषणा गरेका छन् ।

आइतवार सदमुकाम तम्घासमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका भोटे माझी अल्पसंख्यक समुदायहरुको लागि दशैं तिहारको उपलक्ष्यमा घर बनाइदिने घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं. २ का सांसद समेत रहेका नेता भण्डारीले सीमान्तकृत विपन्न समुदायका कुमाल, दलित र बोटे माझी बस्तीहरुलाई ३०० घर निर्माण कार्य थालनी गरेको जानकारी दिए ।

बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको यो दशैको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको नेता भण्डारीले बताए ।

कांग्रेस नेता भण्डारीले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीहरुमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको बताए ।

भण्डारीले गत वर्ष जस्तै यसवर्षको बडादँशै बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायहरुसँग मनाउने समेत बताए ।

बोटे माझी समुदायहरुसँग दशैं मनाउँदै केहि विद्यार्थीहरुको लागि उपहार पनि प्रदान गर्ने बताए ।

कार्यक्रममा शनिवार पाल्पा बुटवलको सिमाना सिद्धबाबामा भएको दुःखद सवारी दूर्घटनाप्रति आफ दुखी र स्तब्ध रहेको बताए ।

उनले उक्त सड्क खुलेसँगै झण्डै ३ हजारले ज्यान गुमाउनु परेकोले पनि बिकल्पमा बुटवल सालझण्डी पटौटी खज्याङ्ग, सिमीचौर तम्घास सम्मको फास्ट ट्याकको बिकल्प ल्याएको बताए ।

उक्त सड्क पूरा गर्नको लागि धेरै काम भइरहेकोले यसलाई थप स्तर उन्नतीसँगै छिटो सञ्चालनमा ल्याउन सबैको सहयोग रहेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D