gulminews logo
शुक्रबार, २०८० चैत्र १६

थकाई लाग्यो भनेर अफिस नआउने सरकारी वकिललाई घरमै पुगेर घेराउ, घरबाट गरे हस्ताक्षर

प्रेम सुनर
गुल्मी, कार्तिक–१ । आज विहान कार्यालय समय १० देखि ११ वजे सम्म गुल्मीको जिल्ला सरकारी वकिलको कार्यालय खुल्ला थियो तर सवै कोठाका कुर्चिहरु खाली थिए । कुनै चोरले चोर्न चाहे सवै सामान चोरे पनि निकै सजिलो र एकान्त थियो । सेवाग्राही कराउन थालेको भन्ने सुईको पाउन साथ एक जना कर्मचारी साढे ११ वजेतिर लुत्त कार्यालय छिरेका थिए । लगत्तै अर्का कर्मचारी पनि आएका थिए ।

आफु रातमा कामबाट फर्केर आउँदा थाकेको भन्दै कार्यालयमा काम गर्न आउन नमाने पछि सरकारी वकिल रामचन्द्र उपाध्याय घिमिरेलाई घेराउ गर्न जनप्रनिधी र सेवाग्राहीहरु उनको निवासमैं पुगेका थिए । दुई नम्वर प्रदेशको स्थानिय तहको निर्वाचनमा निर्वाचन अधिकृत भएर सप्तरीबाट हिजो साँझ घिमिरे गुल्मी आई पुगेका थिए । उनलाई रेसुङ्गा नगरपालिका जनप्रतिनिधीहरुले घेराउ गरी सेवाग्राहीको काम लिएका हुन् । विहान दश वजे सरकारी वकिलको कार्यालयमा पुग्दा एक जना पनि कमचारी नपुेको र साढे ११ वजे सम्म सेवाग्राहीहरु कुरेर बसे पछि कार्यालय प्रमुखका रुपमा रहेका जिल्ला अधिवक्ता घिमिरेको खोजी गरेका थिए जनप्रतिनिधीहरुले ।

९ जना दरवन्दी रहेकोमा ५ जना कार्यरत बताईएकोमा साढे ११ वजे पछि घेराउ गरेको थाह पाएर दुईजना कर्मचारीहरु आई पुगेका थिए । जिल्ला अधिवक्ता घिमिरे आज थाकेर टाउको दुखेर निवासमा सुत्नु भएको छ भन्ने कुरा उनै कर्मचारीबाट थाहा पाउना साथ जनप्रतिनिधीहरु घेरा गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालयले सवै काम सकेर मुक्त गर्न लागिएका हिरासतमा लिईएका केहि युवाहरुको सरकारी वकिलले गर्न पर्ने काम नगरे पछि तिहारका जनतालाई यसो गर्न पाईन्छ भन्दै जनप्रतिनिधीहरु आक्रोषित भएका थिए ।

विरवासमा केहि दिन घटेको सार्वाजानिक अपराधको मुद्धा लागेका युवाहरुलाई आज सरकारी वकिलले गर्न पर्ने काम नगरी दिएको भए उनिहरु तिहारभरी प्रहरी हिरासत मै बस्नु पर्ने थियो । जनप्रतिनिधीहरु रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर १ का अखिलेश्वरप्रसाद पाण्डे., वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी, २ का वडाध्यक्ष उदयबहादुर थापा लगायतका जनप्रतिनिधीहरु सहितका युवाहरुले घेराउ गर्दा आज दिनैभरी सरकारी वकिलको कार्यालय तनावग्रस्त बनेको थियो । स्थितीलाई सहज बनाउन दिनैभर प्रहरी तैनाथ समेत गरिएको थियो । तनावग्रस्तस्थितीलाई नेपाली कांग्रेसका नेता श्रीप्रसाद भलामीले पनि सहज बनाउन जुटेका थिए ।

दिउँसो दुई तिन वजे सम्म पनि आफु विरामी परेर कोठामा सुतेको वाहिर निस्कन नसक्ने भन्दै सरकारी वकिलले कर्मचारी मार्फत खवर पठाएका थिए । जनप्रनिधीहरुसंग भेट गर्न नमाने पछि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकिय अधिकृत रामचन्द्र पन्थी निवासमै पुगेका थिए । उनले पनि ढोका लगाएर सुतेको हुँदा भेट नगरी फर्केको बताए ।

पछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र डिएसपी गंगाबहादुर थापा विचको समन्वयमा हिरासतमा रहेका युवाहरुलाई आजै छाड्नका लागि सरकारी वकिलले गर्नुपर्ने काम निवासबाटै गरी दिने फोन मार्फत सरकारी वकिललाई भनेका थिए । सोही अनुरुप प्रहरीले निवासमै लगेर सरकारी वकिललाई हस्ताक्षर गराएका थिए । यस समाचारदाता संगको भेटमा सरकारी वकिलले आज आफुले केहि काम गर्न नसक्ने, आफु गाडीमा थाकेको र टाउको दुखेको हुँदा निवासमा आराम गर्ने बताएका थिए ।

उनले आज आफुले गर्न मिल्ने काम विहान आठ वजे नै गरेर प्रहरीमा पठाएको थप काम आज गर्न नपर्ने जिकिर गर्दै थिए । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी अर्यालको प्रतिकृया माग्दा सरकारी वकिल हिजो साँझ आएको र आफुलाई टाउँको दुख्यो भनेर सुतेको जानकारी आफुले पाएको बताए । उनले सरकारी वकिलले प्रशासनलाई पहिल्लै जानकारी नगराएकोमा उनको कमजोरी बएको प्रतिकृया दिए ।
तस्वीर ः सरकारी वकिलको निवास घेरा गदै जनप्रतिनिधीहरु

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D