gulminews logo
मंगलवार, २०८१ बैशाख ४

तिहारको मुखैमा तम्घासमा बजार अनुगमन

अनिल खत्री
गुल्मी कात्तिक १ । चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घासमा बजार अनुगमन गरेको छ । बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला वेलामा प्रशासनले बजार अनुगमन गर्ने गरेको छ । नेपालीहरुको महान पर्व दशैं जस्तो महान पर्वमा प्रशासनले बजार अनुगमन नगर्दा बजारमा चर्को आलोचना गरेका थिए ।

नियमित बजार अनुगमन भएपनि दशैंमा भने बजार अनुगमन नै भएको थिएनन् । ग्राहकहरुबाट चर्को आलोचना आएसँगै प्रशासनले तिहार पर्वमा बढि खपत हुँने खाध्यन्नहरुमा अनुगमन गरेको छ । चढवर्पमा बढि किनमेल हुने हुँदा ग्राहकहरु नठगिउन र अखाध्यन बस्तु बिक्री बितरण नहोस भन्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले जानकारी दिए ।

जिल्ला प्रशासनको नेतृत्वमा सदरमुका तम्घास बजारका खाध्यन्न,होटल, पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अनुगमनको क्रममा केहि पसलहरुमा पसलको बोर्ड नराखेको, मुल्य सुची ग्राहकले देख्ने गरि नराखेकोले देखिने गरि राख्न आग्रह गरिएको अधिकृत मरासिनीले जानकारी दिए ।

बजार अनुगमनमा व्यावसायिहरुलाई आफनो व्यावसाय दर्ता गरेर सगै म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका थिए । अनुगमनमा एकै ठाउँ पटक पटक गल्ती दोहोरिएमा कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

अनुगमनमा व्यावसायीले अहिले ग्राहकहरु पनि सचेत भएकाले व्यावसायी पनि उत्तिकै चनाखो बन्नु परेकोले म्याद गएका र अखाध्य बस्तुहरु नियमित चेक जाँच गर्ने गरेको बताएका थिए । व्यावसायीहरुले आफनो पसल आफैले बेला बखतमा अनुगमन गर्ने गरेकाले सके सम्म ग्राहकलाई सुपथ मुल्य र खान योग्य बस्तुहरु मात्र बिक्री बितरण ध्यान दिने गरेको बताए थिए ।

अनुगमनमा जिल्ला प्रसासन कार्यालय गुल्मी,गुल्मी उद्योग वाणिज्य संघ, नेपाल पत्रकारहासंघ गुल्मी, प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D