gulminews logo
शुक्रबार, २०८० चैत्र १६

तिहारको भन्दा म्यादी प्रहरीमा जागिरको चटारो

प्रेम सुनार
गुल्मी, कार्तिक ५ । भाई टिकाको दोश्रो दिन म्यादी प्रहरीमा भर्ना छनौटको दौड लगायतका विभिन्न प्रतियोगिता हुने भए पछि आवेदन दिएकाहरुलाई यसपालिको तिहार आएन् । अधिकांस आवदेकहरु भाई टिकाकै साँझ सदरमुकाम तम्घास भित्रिएका थिए भने कोही दोश्रो दिन कार्तिक ५ गते हस्याँङ्ग र फस्याँङ्ग गदै सदरमुकाम तम्घास भित्रिदै थिए ।

तम्घासको चिदीचौरमा कार्तिक ५ गते विहान भएको प्रतियोगितामा विवाहित तर पति पिडित महिलाहरु प्नि थिए । ति मध्येकी एक थिईन हस्तीचौरकी विष्णु बोहरा । आवेदक पुरुषहरु मध्ये अधिकांस विदेश गएर फर्किएकाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका थिए । विरबास भट्टेचौरका केयरसिंह राकस दुवईैमा दुई तिन वर्ष बसेर फर्किएको र म्यादी प्रहरी तहको जागिर सधै स्वदेशमा पाए आफु विदेश नजाने बताउँदै थिए ।

युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका थिए भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढि थिए । ति मध्ये लिम्घा एक्सीङ गाउँकी नविना सारु वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको बताउँदै थिईन् । गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । ति मध्येकी सिता पुरी पनि स्नातक दोश्रो वर्षमा अध्यान गर्दै रहेको बताउँदै थिईन् ।

कुर्घाबाट आएकी रञ्जु थापा र तम्घासकै रिता खत्री विवाहित हुन । आफुहर भने पति पिडित नभएको र जागिर खाने रहरले आएको बताउँदै थिए । भर्ना छनोट प्रतियोगितामा निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापा आफै खटिएका थिए । जम्मा १ हजार ८४ जना लिनु पर्नेमा त्यसको दोव्वर भन्दा बढि २ हजार २ सय ४४ जनाको आवेदन परेको उनले बताए ।

ति मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको र एउटा केन्द्रमा अनिवार्य एक जना महिला रहनु पर्ने भएकोले १ सय ८३ जना महिला लिनै पर्ने उनले बताए । आज पहिलो चरण भएको र कार्तिक १० गते समम छनौट भई सक्ने उनले बताए । दौड प्रतियोगितामा पुरुष जतिकै महिलाहरु समय सिमा भित्र उतिर्ण भएको देखिन्थो । तर सेटअपमा भने निकै कम्जोर देखिन्थे ।
तस्वीरः दौड पछि सेटअप गर्दै महिलाहरु

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D