gulminews logo
बिहीबार, २०८१ बैशाख १३

तिज पर्वमा नयाँ पुस्ताले मौलिकता मिचे, पुराना पुस्ताको चिन्ता

अनिल खत्री
गुल्मी भदौ ८ । तिजको अबसरमा महिलाहरु हिन्दु परम्परा अनुसार ब्रत वसी बिभिन्न खाने गीतहरु गाउँने गर्दछन् । तिज पर्वमा गाइने गीतहरुमा मौलिक सँस्कृति हराउँदै जान थालेको प्रति पुराना पुस्ताले दुख ब्याक्त गरेका छन् । तिजको अबसरमा महिलाहरुले वर्ष्दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने गर्दछन् ।
तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दछन् । पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । नयाँ पुस्ताले एक महिना अघि देखिबाटै तिजको अबसरमा दर खाने, सकेको गरगहना प्रर्दशन गर्ने जस्ता भडकिलो सँस्कृति बन्दै जान थालेकोमा पुराना पुस्ताको चिन्ता रहेको छ ।

नयाँ पुस्ताले तिज पर्वलाई भडकिलो नसक्नेले त हेरेरै मर्ने बनाउने भए गुल्मी इस्मागाउँपालिकाकी ६५ वर्षिय देवकला थापाले भनिन ‘हाम्रा पालामा यस्तो थिएन ।’ तिजका गीत पनि कस्ता हुन् उनले भनिन् ‘हाम्लाई त सुन्न पनि लाज लाग्न थाल्यो ।’ तिज पर्वको अबसरमा गाइने गीतहरुमा एउटा सत्यता जस्तै मौलिक घटना जोडिन्थ्यो थापाले भनिन ‘वर्ष भरि घर गर्दा भोगेका पिडाहरु गीतमा गाएर पोखिन्थे ।’

गीतहरु सगै लगाउने, खाने पनि उस्तै बिकृति आयो एक महिना अघिबाट दर खाने भन्छन् उनले भनिन् ‘दर खाने अर्को दिन ब्रत बस्दा भोक नलागोस भनेर खाने गरिन्थयो अहिले त एक महिना अघिबाट खान थाले ।’ तिजका गीतमा हाम्ले गाउने गीतहरुमा घरमा सासुले दुख दिएका, सगीसाथीहरु भेटहुँदा बिभिन्न खाले मनका बेदनाहरु पेख्ने चलन थियो ।

तिजका गीतहरुमा महिलाहरुले भोगेका आफना बेदना पोख्ने प्रथलन हटदै गएको प्रति रेसुङ्गा नगरपालिकाकी ५४ वर्षिय सुमित्रादेवी अधिकारीले गुनासो गरिन् । हाम्रा पालामा टिभी मोवाइन थिएनन् उनले भनिन् ‘हामीले पनि आफुभन्दा पुराना पुस्ताका गीतहरु सुनेको आधारमा गाउने गर्दथ्यौ ।’ अहिलेका पुस्ताले गीत गाउन पनि छाडे उनले भनिन् ‘टिभी मोवाइलमा ब्यस्त छन् नयाँ पुस्ता गीत गाउन भन्दा त्यतै ब्यस्त हुन्छन् ।’

कतै गीतहरु जाउन थाले पनि नयाँ पराका गीत गाउँछन् अधिकारीले भनिन् ‘अब नयाँ पिडिले पुरानो पिडिबाट केहि सिक्नु पर्छ सँस्कृति जर्गेर्ना गर्नलाई ।’ पुरानो समयमा जस्तै अहिलेको समाज केहि परिर्वतन भएपनि चाडपर्वको मौलिकता नफेरिनु पर्ने उनको जोड रहेको छ । पहिला जस्तै सासुले बुहारीलाई हेप्ने,खान नदिने, लगाउन नदिने जस्ता ब्यवहार अहिले छैनन् । तै पनि बेदना गीतहरुमा नगाए पनि अरु पुराना शैलीका गीतहरु गाउन उनले सुझाव दिइन् । उनले पुरानो भाकाको एउटा गीत सुनाउँदै भनिन् ‘बाबाको आगनीमा कावली लायो कदमको छायाँले, सातैर डाडा काटेर आए आमा तिम्रो मायाँले ।’ उनले पुरानो तिजको सुनाउँदै भनिन् ‘मेरा बाबा हुदा हुन त चोलिया दाइजो दिदा हुन्, ल्याउन भाउनु जोलि परेवा, सिरानी राखुला कामलीले ढाकुला परेवाको डाको सुनि बिहानै उठुला ।’

पुराना पुस्ता मध्येका थापा र अधिकारी प्रतिनिधी पात्र मात्र हुन् । अहिलेको चाडपर्वको निहुमा भएको भडकिलो सँस्कृति प्रति सबैको ध्यान जान थालेको देखिन्छ । चाड पर्वको वहानमा अहिले अरुको देखा सिकी गर्ने वढ्दो फेसन बनेको छ । तिज पर्व मात्र नभई अन्य पर्वलाई पनि सक्नेले सकेरै नसक्ने खोजेरै भएपनि लगाउने, खाने देखा सिकी गर्ने प्रचलन भित्रिएको छ ।

तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले देखि नै दर खाने गीत गाउँने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D