gulminews logo
मंगलवार, २०८१ बैशाख ११

तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई ज्ञवालीको आग्रह

शिवलाल सुवेदी
गुल्मी ६ कात्तिक, नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन । प्रचार बिभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमवार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।

अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पाटी एकताको प्रक्रृया अगाडि बढेकाले काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेलसगँ डराएर बिभिन्न अभिब्यत्ति दिईरहेकाले तालमेलसगँ नडराउन उनले आग्रह गरेका छन । प्रधानमन्त्रीले वाम गठबन्धनको बिषयमा बिभिन्न टिका टिप्पणीहरु गर्नुभएको छ नेता ज्ञवालीले भने‘ उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु , यो चुनावी गठबन्धन मात्र नभएर पाटी एकीकरणको काम शुरु भएको छ ।’ उनले एउटै वामपन्थीहरुको पाटी निमार्ण गर्ने तयारी भैरहेकाले वाम एकतावाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे ।

हामीले अहिले एमाले ,माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा , लगायत अन्य वामपन्थी शक्तिहरु बिच जुन चुनावी तालमेल भएको छ सवै पाटीको विचार एउटै भएकाले पाटी एकीकरण गर्न कुनै समस्या म देख्दिन पूर्व मन्त्री समेत रहेका ज्ञवालीले भने‘ नेताहरु ब्यवस्थापन देखि केही साना समस्याहरु छलफलबाट साघुरिदै गएकाले पाटी एकीकरण हुन्छ ।’

उनले माओवादी केन्द्रसगँ सरकार निमार्ण गर्ने देखि स्थानीय तह निर्वाचनमा काग्रेसले तालमेल गर्दा अधिनायकवाद नहुने तर एमालेसगँ चुनावी तालमेल गर्दा अधिनायकवाद हुने कस्तो बिचार हो काग्रेसको भन्दै प्रश्न समेत गरे । मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरुमा तालमेलमा समस्याहरु देखिए नी भन्ने पत्रकारहरुको जिज्ञाशामा नेता ज्ञवालीले पाटीको हित भन्दा ब्यक्ति हित नहुने भन्दै एक्लै चुनावी मैदानमा जादाँ पनि आकाक्षीहरु धेरै भएपछि केही समस्या देखा परेपछि त्यो समाधान हुने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D