gulminews logo
बिहीबार, २०८१ बैशाख ६

टिकट खुलेको पहिलो दिनमै कालोबजारी, गुल्मी जाने काउण्टरमा अत्याधिक भिड

काठमाडाैं २८ भदौ । सरकार र यातायात व्यवसायीबीचको लामो कसरतपछि मंगलबारदेखि खुलेको बस टिकटमा पहिलो दिन नै कालोबजारी सुरु भएको छ । प्रहरीले बसको टिकट कालोबजारी गरी बिक्री गर्ने १७ जना बिचौलियालाई मंगलबार पक्राउ गरेको छ ।

दसैँका लागि टिकट बुकिङ खुला भएको पहिलो दिन प्रहरी अनुगमनका क्रममा अनधिकृत रूपमा टिकट बिक्री गर्ने १७ जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिए । लामो दूरीका लागि टिकट बुकिङ खुला भएसँगै प्रहरीले अनुगमन सुरु गरेको हो । डिआइजी खनालले कालोबजारी गरी टिकट बिक्री गर्ने कसैलाई पनि नछोड्ने दाबी गरेका छन् ।

‘कसैले तपाईंलाई बढी भाडादर लिएर टिकट बिक्री गर्छ भने हामीलाई खबर गर्नुहोस् । हामी कारबाही गर्छौं’, डिआइजी खनालले भने । टिकट बिक्री अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन भएको खनालले बताए । प्रहरीले राजधानीका गोंगबुँ, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वरलगायत टिकट काउन्टरमा प्रहरी खटाइएको छ । सेवाग्राहीको सुविधाको लागि प्रहरीले टिकट काउन्टरनजिकै प्रहरीको अस्थायी सूचना कक्ष पनि सुरु गरेको खनालले बताए । दसैँका लागि अग्रिम बस टिकट बुकिङ मंगलबारदेखि सुरु भएको छ । यात्रु मध्यरात देखिनै लाइनमा बसेपनि काउन्टर भने करिब ६ बजे मात्र खुलेको थियो । टिकट सकिने डरले आफू राती १२ बजे नै लाइन बस्न आएको नेपालगञ्ज स्थायी घर भएका किशोर सिग्देलले बताएका छन् ।

धेरै ठाउँको टिकट एउटै काउन्टरबाट काट्ने व्यवस्था मिलाइएकाले धेरै बेर लाइन बस्नुपरेको उनले बताए । अघिल्ला वर्षझैँ अहिले पनि अव्यवस्थित तरिकाले टिकट बुकिङ भएको यात्रुले बताएका छन् । अर्घाखाँची, पाल्पा, गुल्मी, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, झापा, मोरङलगायत जाने गाडीको काउन्टरमा अत्यधिक भीड लाग्ने गरेको छ । टिकटमा कालोबजारी रोक्न यातायात व्यवस्था विभागले ३६ जनाको अनुगमन टोली खटाएको छ । अहिलेसम्म कोही पनि टिकट कालोबजारीको आरोपमा नसमातिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । -सौर्य समाचार

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D