gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

जिल्ला समन्वय समिति अध्यक्ष पराजुलीका : सुखद तीन अवसर

टोपलाल अर्याल
गुल्मी, ३२ साउन। जिल्ला समन्वय समिति गुल्मीको अध्यक्ष सहित सवै सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको लागि अन्य कुनै पार्टीले मनोनय दर्ता गरेनन् । एमाले बाहेक अरु कुनै पार्टीले मनोनयन दर्ता नगरेपछि एमाले उमेदवार स्वतह निर्वाचित भएका हुन् । समन्वय समितिको अध्यक्षमा लक्ष्मण पराजुली र उपाध्यक्षमा तुल्सी कुमारी श्रेष्ठ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जानकारी दिए ।

मरासेनीका अनुसार समितिको अन्य सदस्यहरुमा चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, हरि प्रसाद ज्ञवाली रमादेबी पुन, गंगा पन्त र उजेली बिक रहेका छन् । बुधबार मुख्य निर्वाचनको कार्यालयले निर्वाचित प्रतिनिधीहरुको नाम घोषणा तथा सफत ग्रहण पनि गराएको छ । मुख्य निर्वाचन अधिकृत मरासेनीले समन्वय समितिका अध्यक्ष पराजुली र उपाध्यक्ष तुल्सी कुमारी श्रेष्ठलाई सफत गराएका थिए । भने अध्यक्ष पराजुलीले अन्य सदस्यहरुलाई सफत ग्रहण गराएका थिए । अध्यक्ष पराजुली सहितको सवै सदस्यहरुलाई बुधबार नै जिल्ला समन्वय समिति गुल्मीमा पदभार ग्रहण गरेका छन् । सफत ग्रहण गर्दै पराजुलीले जनता र संविधानले दिएको अभिभार कुशलताका साथ पुरा गर्ने बताए ।

‘चुनावमा पराजित भएकाहरु सपथ ग्रहणमा आएनन, जिसस अव कुनै एक पार्टीको होइन,’ पराजुलीले भने,‘ मलाई फिक्री छैन, पश्च्याताप हुने गरि काम गरिनेछ ।’ जनताले आफहरुुलाई एक चोटी काम गर्ने अवसर दिएकाले कुनै दिन पछुतो नहुनेगरी सवै टिमले काम गर्ने पराजुलीले बताए । साथै उनले कामचोर कर्माचारीलाई कार्बाहि गर्ने भन्दा कामकाजी कर्मचारीलाई प्रोत्साहन गर्नेभएकाले कर्मचारी र जनप्रतिनिधीबिचको सम्बन्ध सधै सुमधुर हुनुपर्नेमा जोड दिए । त्यस्तै पुर्व सांसद कमलराज श्रेष्टले चुनाव क्षणिक भएकाले काम गरे जनताले फेरी अनुमोदन गर्ने र नगरे पत्तासाप पार्ने भएकाले काम गरेर देखाउन सवै निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गरे ।

कार्यक्रममा एमाले अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र प्रमुख जिल्ला अधिकारीले पनि शुभेच्छा प्रकट गरे । कार्यक्रममा रेसुङ्गा नगरपािलका मेयर डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, रेसुङ्गा नगरपालिकाका उपमेयर सिता भण्डारी, इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशी लगायत सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो । जिल्लाका १२ स्थानीय तह मध्ये एमाले दुई नगरपालिका सहित सात स्थानीय तहमा बिजयी भएको छ । एमालेले थप तीन स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिका कुल २४ मत मध्ये एमाले एक्लैको १७ मत रहेको थियो । कांग्रेसले तीन गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्र एउटा गाउँपालिकाको अध्यक्षमा सिमित भएको थियो ।

लक्ष्मण पराजुली को हुन ?

जिल्ला समन्वय समितिका अध्यक्ष  लक्ष्मण पराजुली  २०१९ साल जेठ १७ गते जन्मिएका हुन् । इस्मा गाउँपालिका वडा नं. ६ अमरपुर स्थायी घर भएका उनी बुबा सिताराम र आमा नमकला पराजुलीको कोखबाट जन्मिएका हुन् । उनले व्यवस्थापन संकायबाट स्नातक तह उतिर्ण गरेका छन् । उनी २०३५ सालमा तत्कालिन नेकपा (माले) निकट अखिलमा प्रवेश गरे ।

जहाँबाट उनको राजनैतिक इतिहास सुरु भयो । पराजुली शिक्षक संगठनको जिल्ला कमिटि सदस्य साथै नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष सम्म भए । २०४६ सालमा तत्कालिन नेकपा मालेको सदस्यता पाएका पराजुली त्यसअघि युथलिगमा संगठीत थिए । उनी निजामती कर्मचारी थिए । २०४७ सालको कर्मचारी आन्दोलनमा क्रममा अवकाश पाए । तत्पश्चात अदालतको आदेशमा फेरी पुर्नबाहाली भए ।

उनीसंग निजामति तर्फ लेखापालको रुपमा रहि कोष तथा लेखा नियन्त्रकको कार्यलय मनाङ्ग, तत्कालिन जिल्ला विकास समिति रुपन्देही, गुल्मी हुँदै अर्घाखाँची जिल्लामा पनि काम गरेको अनुभव छ । तत्कालिन जिल्ला विकास समितिमा लेखापाल रहेका पराजुली २०५४ सालको स्थानिय निकायको चुनावमा सोहि जिल्ला विकास समिति सदस्य भए । उनी त्यसपछि गाउँ कमिटि, इलाका कमिटिको प्रमुख, जिल्ला कमिटिको ३ कार्यकालसम्म सचिवालय सदस्य भए । अहिले नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं. ३ का क्षेत्रीय इन्चार्ज थिए ।

कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका पराजुली राजनीति सँगसँगै विभिन्न सामाजिक काममा समेत संलग्न छन् । उनी तम्घास–चौरासी–प्युठान मोटरबाटो समितिको अध्यक्ष, अर्खबाङ्ग–इस्मा खानेपानी समितिको अध्यक्ष, अम्मरपुर स्वास्थ्य चौकी व्यावस्थापन समिति अध्यक्ष, अम्मरपुर माविमा तिन कार्यकालसम्म अध्यक्ष रहि काम गरे ।

उपाध्यक्ष सहितका सदस्यहरु के थिए ? को हुन

उपाध्यक्ष तुल्सी कुमारी श्रेष्ट एमाले रिडीकी सक्रिय कार्यकर्ता हुन् । उनी २०५४ सालमा निर्वाति वडाध्यक्ष पनि हुन् । त्यस्तै उजेली बिश्वकर्मा मुक्ति समाजमा सक्रिय छिन् । अर्को सदस्य गंगा पन्त अनेमसंघमा रहेर महिलाहरुको क्षेत्रमा काम गरिरहेकी छन् । रमा पुन बाग्लुङमा रहँदा अनेरास्वावियुको सक्रिय कार्यक्रता भएको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । चेतन बस्नेत पुर्व जिल्ला विकास समिति सदस्य समेत रहेका छन् । उनी पुर्व क्षेत्रिय कमिटी अध्यक्ष तथा एमाले जिल्ला सदस्य समेत भए । हरि ज्ञवाली एमाले सचिव प्रदिप ज्ञवालीका दाजु हुन् । उनी पार्टीको सल्लाहकार, पुर्व जिल्ला कमिटी सदस्य तथा स्थानीय पुर्व शिक्षक समेत रहेका थिए । राम मल्ल ठकुरी हस्तिचौर वडाकमिटीका अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष तथा समाजसेवी हुन् । त्यस्तै दल बहादुर विक मुक्ती समाजका अध्यक्ष एव दलित अगुवा हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D