gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

जितको भोजमा जातिय विभेद: दलित कमरेडहरुलाई पाडा, अरुलाई खसी-बोकाको मासु

प्रेम सुनार
गुल्मी, २०७४ साउन १५ । करिव ७ / ८ सय जनाको भिडछ । एकले अर्कोलाई कसैले अभिवादन कमरेड भनेर मुठी उठाउछन भने कसैले लाल सलाम भनेर अभिवादन साटा साट गर्छन् । स्थानिय तहको चुनावी सफलता पछिको जमघट हो । विद्यालय प्राङ्गणको भोज स्थल यसो हेर्दा माओवादी जनयुद्ध कालको सामुहिक मेश जस्तो देखिए पनि त्यस भोजमा भने सामुहिकता छैन । छ त केवल बचनमा सामुुहिकता र विचारमा एकरुपता छ व्यवहारमा छ्रैन ।

कम्युनिष्टले जातीपाती मान्दैन भनेर नै विशेष गरी दलित समुदायहरु नेपालका विभिन्न कम्युनिष्ट पार्टीमा लामवद्ध भएका हुन् । त्यो सात आठ सय जना नेता कार्यकर्ताहरुको भिडमा केहि विशेष पाहुना बाहेक अरु सवै कम्युनिष्टहरु छन् । ति कम्युनिष्टहरु मध्ये अलि बढि सख्यामा दलित समुदायका कमरेडहरु देखा पर्दछन् । विजयी भोज स्थलको प्रबेशद्धारमा पुग्दा कै ठाउँको भिड , एक अर्का विचको सामिप्यता देख्दा सवै जातजाती अटाउने संगठन भनेकै कम्युनिष्टहरु नै हो भन्ने लाग्छ ।

जव अलि अगाडी पुगिन्छ । उनै कम्युनिष्ट कम्युनिष्ट भन्ने गरिएको गन्तव्य एउटै भए पनि बाटाहरु फरक फरक हुन भनिए जस्तै त्यहाँ एउटै कम्युनिष्टहरुका समान दर्जाका कमरेडहरुमा भने बाटा पनि फरक गन्तव्य पनि फरक हुन पुग्छन् । स्थानिय तह निर्वाचनको विजयी भोज खाने स्थान उनिहरुको एउटै गन्तव्य हुनु पर्ने हो र त्यहाँ पुग्ने बाटो पनि एउटै हुनु पर्ने हो । तर समानता शिद्धान्त आदर्श ओठमा जति नि त्यो व्यवहारमा उनिहरु विचमा लागु हुन्न त्यसैले विजयी भोज खाने स्थान अर्थात गन्तव्य अलग अलग हुन पुग्त । एकाथरी कमरेडहरु खसी ढालिएको ठाउँतिर लाग्छन भने अर्काथरी कमरेडहरु राँगा पाडा ढालिएको स्थानतिर लाग्छन् । पार्टी एउटै , भोज गर्ने स्थान पनि एउटै तर जात र जिव्राको स्वाद अनुसार भान्सा बेग्ला बेग्लै ।

यो दृश्व हो शनिवार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ मा नेकपा एमालेबाट विजयी जनप्रतिनिधीहरुले साविकको मुसिकोटस्थित एक विद्यालयमा आयोजना गरेको विजयी भोज स्थलको । स्थानिय दलितहरुको पिता पुर्खाको पाला देखि विष्ट र बराजु कमरेडहरु विद्यालय भित्र व्यवस्थीत गरिएको खसीको भुट्टातिर लाग्छन् आफु रैथाने वालीघरे कमरेडहरु एक चोटी पुनः मुठी उठाएर एक अर्काको गन्त्य तर्फ लाग्ने मोडबाट बिदा हुन्छन् र राँगा पाडाको भोज व्यवस्थापन गरिएको स्थान छाप्रो तिर लाग्छन् ।

नेकपा एमालेका केहि कार्यकर्ताहरुलाई यो विभेदपुर्ण दृश्यका सामु आफुहरुको स्वाभिमानमा आँच पुग्छ । हामी स्वाभिमानलाई थाँती राखेर खानाका लागि दरिद्रता देखाउन जान्नौ भनेर वहिस्कार गरी सकेका थिए । अघिल्लो दिनै यो सुईको पाई सकेपछि हामी आउँदैनौ जो जसलाई स्वाभिनाम वेचेर सार्वजानिक स्थानको भोज त्यस माथी आफ्नै पार्टीले आयोजना गरेको भोजमा विभेद सहन जान्नौ भनेर पटक पटक आयोजक नेताहरुलाई भन्दा पनि पुर्व निर्धारित कार्यक्रम नबदलेका का।ण नेता गणको मुखमा मासु पर्ने आँटेको बेला आफ्नै पार्टीकी महिला कार्यकर्ता शोभा बिश्वकर्माको फोन आउँछ ।

भयो तपाईहरुलाई चुनाव जिताईयो तर हामी दलितलाई राँगो पाडो अर्कातिर तपाईहरुलाई खसी बोको त्यो विभेद सहन आउँदैन , वहिस्कार गछौं भनेर फोन आयो । त्यस पछि भने खैलाबैला मच्चीयो । त्यस पछि मात्र सुरु भयो समानताको नौटङकी । हेर्नुहोस है कमरेडहरु हामी पनि तपाईहरुको भान्सामा आउन खान छुट छ । तपाईहरु पनि यता आएर जे रुच्छ त्यही खान छुट छ । यहाँ असमानता भयो भनेर कसैले महशुस नगर्दा हुन्छ ।

यस्तो खालको समानताको नयाँ मौखिक परिपत्र जारी भए पछि यता पाडा भनेको पाडै हो बढि मासु हुन्छ भन्ने कमरेडहरु पनि उताा खसीको मासु पनि ज्युनार गर्न पाईने परिपत्रले नेता कमरेडमा आएको उदारता र परिवर्तनको मुस्कान पनि छाड्छन् र उता पाईला बढाउने सुरुसार पनि गर्छन् ।

तर जो समानता र स्वाभिमानका साथ जिउन चाहन्छ उनिहरु भने उपस्थित भए पनि आफुहरुलाई तोकेको भान्सा वाहेक अन्यत्र जान रुचाईएनन् । एक गोप्य श्रोतका अनुसार ४ वटा खसी बोका उता विष्ट कमरेडहरु कहाँ र यता दुई वटा पाडा वालीघरे कमरेडहरुकहाँ ढलेका थिए । तर नेकपा एमाले मुसिकोट १ वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेले भने –‘दुई वटा खसी यता र उता दलित नेताहरुकै आग्रहमा दुई वटा पाडाहरु ढलेका थिए ।’

उनले थपे हामीले विभेद हुने गरी कत्ति पनि त्यसो गर्न खोजेका होईनौ तर दलितहरुले नै हामी पाडा काट्छौं भने पछि उहाँहरुको रुची अनुसार हुन्छ त नि भनेका हौं । भोज नचल्दै एमाले कै दलित समुदायका कार्यतकर्ताले विभेद भयो बहिस्कार गछौं भनेर फोन गरी सके पछि त एकै ठाउँ बनाएको भए पनि त हुन्थ्यो नि ? भन्ने प्रश्नमा उनले दलितहरु विचमै पनि उच निच छुवाछुद रहेको उदाहरण दिए ।

उनले थपे‘ हेनु उहाँहरु दलित दलित विच मै पनि त एकले पकाएको अर्कोले नखाने रहेछन र हामीलाई समस्या आएको हो ।’ त्यसो भए उनिहरु अशिक्षित भएकोले पनि होल संकिर्ण बने होलान तपाईहरुले उदारता देखाएर एउटै भान्सा बनाएको भए पनि त हुन्थ्यो नि भन्ने अर्को प्रश्नमा अध्यक्ष घिमिरेले यसबाट पाठ सिकेर अबका दिनमा भने त्यसै गरिने प्रतिबद्धता जनाए ।

सोही पार्टीबाट वडाध्यक्षमा विजयी भएका लक्ष्मण खत्रीले विभेद गर्न खोजेर दुई वटा भान्स नलगाईको जिकिर गरे । म त जातीपाती भन्ने कुरा केहि मान्दिँन तपाईलाई थाहै छ म तपाईहरुको घरमै बसेर पनि खाने मान्छे हुँ वडाध्क्ष खत्रीले भने–‘ यो दुई वटा भान्सा विभेदका कारण होईन आ–आफुले खाँदै आईरहको मासु रुची अनुसार खाने दुवै तर्फको सल्लाह अनुसार गरिएको हो ।’ भोट हाल्ने बेलामा एउटै बाकसमा भोट हालेका कार्यकर्ता आज भान्सा पनि एउटै बनाएर अरु भन्दा मिठो चोखो भनिएको मासु दलितहरुले पनि खाउन भन्ने सोचेको भए त यस्तो हुँदैन्थ्यो नि भन्ने प्रश्नमा उनले त्यो भने स्वीकार गरे । भने–‘ त्यसै गरेको भए हुने रहेछ केहि साथीहरुले यस्तो गरी हाले छन आगमी दिनमा यस्तो हुने छैन् ।

एमाले कार्यकर्ताको हैसियतले त्यस भोजमा सहभागी हुन पुगेका धनबहादुर नेपालीले सुरुमा विभेद नहोला जस्तो लागेर पुगे पनि अन्ततः विभेद नै महशुस भएको बताए ।

एमालेबाट दलित महिला सदस्यमा विजयी शान्ति नेपालीले भने पार्टीले विभेद नगरेको, आफुहरु दलित समुदायले नै पाडा खान्छौं भनेर त्यसो गरिएको भनेर गाउँमा हुने गरेको छुवाछुत विभेद समेत नहुने गरेको भन्दै ढाँटिन् । अहिले पनि त्यहाँका सर्वसाधरण दलितले खाना खाएको भाँडाहरु माझेर वाहिर घाममा सुकाएर पनि आगोको कोईला राखेर पानीले छम्कीदै भित्र लैजाने गरेको यर्थातलाई समेत थाह छैन भन्न सकेकी नेपालीले वडा सदस्य भए लगत्तै मुसिकोटका दलितहरुले खासै विभेदन नसहेको र आफ्नो पार्टीले आफुलाई कतै विभेद नगरेको ठोकुवा गरिन् ।

उता उनै सरहकी एमाले कार्यकर्ता बुढाथोककी शोभा बिश्वकर्माले भने बकैता पार्टीले विभेद गरेको ठोकुवा गरिन् । हामी खानाको लागि जाने हो ? यस्तो प्रश्न गर्दै उनले भनिन– आफ्नै पार्टीले आयोजना गरेको एकातिर दमाई कामी सार्कीलाई पाडो आफुहरुलाई खसी , त्यस्तो देख्न र विभेद सहन पनि गईन्छ ? यहाँबाट त म मात्र होईन सता आठ जना एमालेका दलित कार्यकर्ताले पनि वहिस्कार गरेर गएनन् । ’ उनले यस्तो विभेद गरिदै छ भन्ने कुरा साउन १३ गते नै थाह पाए पछि नवनिर्वाचित वडाध्यक्ष खत्रीलाई फोनमा यस्तो नगर्नुस यदि यस्तो विभेद भयो भने हामी आउँदैनौ भनेर भनेको बताईन् ।

वडाध्यक्ष खत्रीले खै कुन वडाको गोविन्द नेपाली भन्ने मान्छे संग सल्लाह गर्नु उनैलाई तपाईहरुको भोज तय गर्ने जिम्मा दिएका छौं भनेर भनेपछि नेपालीलाई फोन गर्दा तिमी त कति अफ्ठारी मान्छे रैछौ भनेर झर्किएको समेत उनले बताईन् । एमालेको अगुवा कार्यकता भनिएका गोविन्द नेपालीले आफुहरु दलितहरु संग छलफल नै नगरी त्यहाँका सारा दलितहरुको भावनामा चोट पुराएको उनले दुखेसो गरिन् । हामी एमाले हौं एमालेलाई नै जिताऔं तर हामी कार्यकर्ता हौं भन्दैमा विभद सहेर खानका लागि जान्नौ , हामीले नै यसो ग¥यौं भने भोली हाम्रा सन्ततीले पनि यसै गर्ने छन् , शिक्षित बिश्वकर्माले भनिन–‘ यस्तो छुवाछुद र विभेद विरुद्ध दलितहररु जुन पार्टीमा भए पनि बिद्रोह गर्नु पर्दछ ।

नेपाली कांग्रेसका स्थानिय दलित नेता यमबहादुर बिश्वकर्माले पनि सार्वाजानिक स्थान जस्तो ठाउँमा दुई अलग अलग भोज गरेर दलितहरु माथी विभेद गरेको प्रतिकृया दिए । एउटै पार्टीको भोजमा कतै राँगा पाडा कतै खसी यो त ठुलो विभेद हो, उनले भने हामी त कांग्रेस भईयो जाने कुरै भएन तर मैले वाहिरबाट त्यही बुझे हिजो विभेद भएकै रहेछ ।

२०५४ सालमा नेकपा एमालेबाट त्यसै स्थानमा वाडाध्यक्ष जितेका डिलबहादुर परियारले आफु वडाध्यक्ष हुँदा कुर्ची समेत सारेर बस्ने , बैठकमा चिया मगायो भने कसैले ग्याष्टीक छ भन्ने , कोही जुरुक्क उठेर वाहिर तिर गएर तर्किने गरेको विरुद्ध आफु विद्रोह गरेर माओवादीमा प्रवेश गरेको बताए ।

अहिले पनि त्यस मुसिकोटमा व्याप्त छुवाछुत र विभेद रहेको यस्तो अवस्थामा आफुहरुलाई संविधानले दिएको अधिकार कार्यान्वयन गराउने निकायमै बसेका जनप्रतिनिधीहरुले कार्यान्वयन गरी देलान भन्ने अपेक्षा राखी रहेको बेला उनैहरुले नै आयोजना गरेको सार्वजानिक भोज मै यस्तो विभेद हुन्छ भने अव अरुबाट के अपेक्षा राख्ने ? परियारले यस्तो प्रतिप्रश्न गरे ? उता लामो समय सम्म गाविस सहायक रहेर स्थानिय निर्वाचनमा वडाध्यक्ष उमेदवार बन्ने राजीनामा दिएका गोपाल नेपालीले कार्यालय भित्रै पनि छुवाछुद विभेदत गरेर त्यहाँ थ्रुपै क्रान्तिकारी, परिवर्तनकारी भन्नेहरुलाई नै चिया मगाउने बेलामा एक्कासी पेट दुख्न थाल्ने र कोही लरुक्क उठेर वाहिर निस्कीने दृश्यले आफैले भोगेको बताए । छुवाछुद र विभेद जनु कुनै दलका माानिसहरुबाट हुने गरेको जनमोर्चाका जिल्ला स्तरका नेता समेत रहेका नेपालीले बताए ।

जिल्ला स्थित चार प्रमुख दल कांग्रेस , एमाले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको दलित नेतृत्व पक्तिको समेत ध्यानकृष्ट गराएको छ । यस सम्वन्धमा नेतृत्व पक्ति विच छलफल गरेर आफुहरुले कस्तो कदम चाल्ने भन्ने सम्वन्धमा प्रतिकृया दिने नेपाल दलित संघको बाट जिल्ला अध्यक्ष लुमबहादुर सुनार , उत्पीडित जातिय मुक्ति समाजबाबाट सचिव कृष्ण नेपाली , नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाबाट जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा र जातिय समाता समाजका केशरबहादुर बिकले बताए ।

स्मरणरहोस् त्यसै मुसिकोटको छिमेकी गाउँ बडागाउँको हलोगाडेमा पनि यस्तै छुवाछुत विभेदबाट एक जना दलित निर्घात कुटिएका थिए भने उता चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघामा नवनिर्वाचित वडाध्यक्षबाटै अर्का एक जना दलितको कानको जाली पुट्ने गरी कुटाए खाएका थिए । उता अर्वेनीमा , यता हर्मीचौरमा पनि दलितहरुले धामाधम पिटाई कुटाई सहेको घटनाले यहाँका दलित समुदायलाई आतंकित पारेको छ भने अधिकारकर्मीहरुलाई चुनौती थपिएको छ ।

स्थानिय तहको निर्वाचन संगै दलितहरु माथी श्रृंखलाबद्ध रुपमा भई रहेका यस्ता घटनाले दलितहरुलाई नयाँ संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने चलखेल त होईन ? भनेर केहि दलित अगुवाहरुले प्रश्न गर्न थालेका छन् । पछिल्लो यस घटनाका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाको ध्यानकृष्ट गराउँदा आफुकहाँ उजुरी आएमा मेलमेलाप गरेरे आगमी दिनमा त्यस्तो नगर्ने गरी पठाउन सकिने तर छुवाछुद विभेद नै भएको कसैलाई लाग्छ भने त्यो मुद्धा हेर्ने काम अदालतको मात्रै भएकोले त्यतै जान सकिने प्रतिकृया दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D