gulminews logo
बुधबार, २०८१ बैशाख १२

जापानको कमाई छोडेर गुल्मीकै गाउँमा केरा खेती

कौरव खत्री
गुल्मी, ११ आश्विन । गुल्मीका एक युवा जापान छोडेर आफ्नै गाँउमा व्यवसायिक केराखेती गर्दै आउनु भएको छ ।

मसिकोट नगरपालिका १ भर्माचौर निवासी ४४ बर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले विगत १ बर्ष यता व्यवसायिक केराखेती गरिरहनु भएको छ ।

घिमिरेले झण्डै ४ रोपनी आफ्नै खेतमा रु.४० हजारको लगानीबाट २ सय८० केराको बोट लगाएर शुरु गर्नुभएको केराखेतीबाट अहिले आम्दानी हुन थालेको घिमिरे बताउनुहुन्छ ।

घिमिरे भन्नुहुन्छ रोजगारीको शिलशिलामा विदेशका विभिन्न देशहरुमा ९ बर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा ३ बर्ष समय विताएर स्वदेश फर्केर अव आफ्नै गाँउघरमा सानो तिनो व्यवसायको शुरुवातको थालनी गरेको बताउनुहुन्छ ।
banana farmer
घिमिरे भन्नुहुन्छ युवाहरु विदेश जाने सपना त्यागेर आफ्नै गाँउघरमा सानो तिनो पेसा व्यवसाय गरि आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुदा आफूले जस्तै अन्य युवाहरुलाई आफ्नो सिको गरेर विदेश जानु भन्दा आफ्नै जन्मभूमिमा केहि गरेर आत्मनिर्भर भएर बाँच्न सकिने बताउनुहुन्छ ।

घिमिरे निरन्तर रुपमा मिहेनत र परिश्रम गरेरे आफ्नै गाँउघरमा केहि गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै आफूलाई जापानको कमाई गाँउमै गदै आएको घिमिरे बताउनु हुन्छ । साथै घिमिरेले केरा व्यवसायलाई बृद्धि गदै लैजाने र हाल झण्डै ८ सय केराका घना उत्पादन भइरहेको हुदा आउने बर्षमा केराबाट राम्रो आम्दानी हुने बताउनुहुन्छ ।

घिमिरेले हाल ३ लोक्कल जात अन्र्तगत फुर्से, झोर्पे, मुहुरे र ३ उन्नत जात अन्र्तगत चिनीकेरा झापाली माल्भव र मनिपुरे माल्भव जात गरि ६ जातका व्यवसायिक केराखेती गर्नुभएको छ ।

साथै घिमिरेले केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ बर्षमा ८ लाख आम्दानी गर्न सफल भएको बताउनु हुन्छ । घिमिरेले उत्पादन गरेका केरा खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा माग अनुसार उत्पादित बस्तुहरु आफूले बजारमा पु¥याउन नसकेको बताउनु भयो ।
साथै घिमिरेले व्यवसायलाई बृद्धि गदै लैजाने बताउनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D