gulminews logo
मंगलवार, २०८१ बैशाख ४

जनमुखी सेवा प्रदान गर्न गुल्मी प्रहरी प्रमुखको निर्देशन

अनिल खत्री
गुल्मी भदौ ६ । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धिबेदीले जनमुखी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । हालै गुल्मीमा सरुवा भएर आएका प्रहरी उपरिक्षक द्धिबेदीले मंगलवार सदरमुकाम तम्घासमा जिल्ला स्थित प्रहरीका बिभिन्न मातहतका प्रमुखहरुको अन्र्तक्रियामा कानुनी राज्यको मुल अबधारणबाट निदिष्ट रहि लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै जनमुखी सेवा प्रदान गर्न निर्देशन दिए ।

प्रहरी उपरिक्षक द्धिबेदीले कानुन हातमा लिने जो कोहिलाई पनि नछोड निर्देशन दिएका छन् । उनले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने खालका अपराधीक क्रियाकलाप गर्ने जो कोहिलाई नछोड निर्देशन दिएका थिए ।
प्रहरीलाई जिल्लामा बिपदको उद्धारमा तयारी हालतमा रहन निर्देशन दिएका छन् । प्रहरी उपरिक्षक द्धिबेदीले घरेलु मदिरा सेवन तथा बिक्री बितरणका कढाई गर्न मातहतलाई निर्देशन दिएका छन् । उनले चाडपर्वको बेला घरेलु मदिरा सेवनले समाजमा होहल्ला झैझगडा लगायतमा समाजमा अशान्ती फैलाउने खालमा घटनाहरु फैलने हुँदा नियन्त्रणमा कढाई गर्न निर्देशन दिए ।
जिल्लामा लागु औषध, अबैध हातहतियार, बन्यजन्तु तथा मानव ओसार पसार नियन्त्रण वढी चनाखो हुनुपर्ने बताए । जिल्लामा दुर्घटना नियन्त्रण गर्न ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिए । प्रहरीले सेवा प्रदान गर्ने सवालमा पिडितमैत्री,लैङगितामैत्री वातावरणमा लचिलो बन्न आग्रह गरे ।
प्रहरी उपरिक्षक द्धिबेदीले जनतालाई सेवा दिँदा नम्र बनेर सेवा प्रदान गर्न आग्रह गरे । जिल्लाका १२ स्थनिय तहमा १८ वटा प्रहरी युनिट रहेका छन् । प्रमुखहरुको अन्र्तक्रियामा पूर्तिघाटको प्रहरीचौकी भवन जिर्ण अबस्थामा रहेको भन्दै अनेत्र बिकल्प गर्न माग राखेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D