gulminews logo
शनिबार, २०८१ बैशाख ८

जनप्रतिनिधीहरुलाई गरिवी निवारण सम्वन्धी अभिमुखीकरण

प्रेम सुनार
गुल्मी, असोज–२६ । गुल्मीका जनप्रतिनिधीहरुलाई आज देखि एक संस्थाले उद्यमशिलता र गरिवी निवारण सम्वन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । जनविकास केन्द्र गुल्मीको आयोजनामा लघुवित्त विकास कार्यक्रम क्षेत्रिय कार्यालय दाङले आज देखि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुबाट यस्तो तालिम दिन सुरु गरेको हो ।

गत चार वर्ष देखि ५ वटा स्थानिय तह धुर्कोट, रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका , सत्यवती गाउँपालिका र मदाने गाउँपालिकामा उद्यमशिल जनशक्ति उत्पादन र गरिवी निवारण सम्वन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

तर यस्तो अभिमुखिकरण भने जिल्लाका सवै स्थानिय तहका जनप्रतिनीहरुलाई दिईने संस्थाका क्षेत्रिय कार्यक्रम प्रवन्धक भिमबहादुर विष्टले जानकारी दिए । यस वर्ष मात्रै १ सय ९० जना उद्यमशिल जनशक्ति उत्पादन गरेको सो संस्थाले अव पालिका स्तरमा आफैले पनि उत्पादन गरेर उद्यमशिलताको वातवरण मिलाउनु पर्नेमा क्षेत्रिय प्रवन्धक विष्टले जा्ेड दिए ।

उद्योग मन्त्रालयबाट सञ्चालिन यस कार्यक्रमलाई युएनडिपी र युृएसएड नामक दातृ निकायले सहयोग गरेको विष्टले बताए । यो कार्यक्रम गुल्मीमा निकै प्रभावि रहेका घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका नासु मोदनाथ ज्ञवालीको भनाई रहेको छ ।

अभिमुखी कार्यक्रमलाई सम्वोधन गर्दै धुृर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले त्यस गाउँपालिकाले उद्यमशिल सिप विकास, कृषिलाई आधुनिकिरण र आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरेर गरिवी निवारणमा जोड दिएको बताएका थिए । संस्थाको उद्देश्यका वारेमा सरकार सहयोग वजार विकास विज्ञ उत्तम ढुङ्गानाले प्रकाश पारेका थिए ।

कार्यक्रमममा गाउँपालिमा उपप्रमुख शिवबहादुर खत्री , ७ वटै वडाका वडाध्यक्ष र गाउँपालिका कार्यसमितिका सदस्यहरु सहभागी थिए । आयोजक संस्था जनविकास केन्द्रका उपाध्यक्ष हरिप्रसाद घिमिरेको सहजीकरण रहेको कार्यक्रमा टिकाराम पोखरेलले अध्यक्षता गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D