gulminews logo
मंगलवार, २०८१ बैशाख ११

चिनी पकाएर वनाईएको १५ क्विन्टल नक्कली मह वरामद

माधव बेल्वासे
कात्तिक ०८ । कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ ।

चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो ।

चिनीलाई पगालेर वाक्लो वनाई तयार पारी वनाइएको मह जस्तो तरल पदार्थ अवस्थामा राखिएको थियो । जग्गा भाडामा लिई साना झुग्गीबनाइ बसेको सो बस्तीमा प्राय सबै घरबाट चिनिमह बरामद गरिएको वडा प्रहरी कार्यलय चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले वताए । चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई बेच्नको लागि अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्ग लाने र मौरीको मह भनि झुक्काएर बेच्ने गरेको पाइएको छ ।

ठुलो समुहमा रहेका उनि हरुले लामो समय देखि चिनी मह बनाएर झुक्याउने गरेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले चिनी मह वनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको छ सो बस्तीबाट वस्ने हाज्रा खातुन, गुडिया खातुन लाई प्रहरीले नियन्त्रणमा लिई छानविन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । प्रहरीले मंगलबार विहान जफत गरेको अखाद्य चिनीमह र मह उत्पादन गर्दा प्रयोग गरिने भाडाहरु शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु ,स्थानिय र पत्रकारहरुको रहोबरमा वरामद गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D