gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चार शिक्षकका शुन्य विद्यार्थी

प्रेम सुनार
गुल्मी, साउन ११ । हेलो सर, त्यस विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ, एकदम हो सर, विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि ? उनको जबाफ आउँछ तिन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं ।

त्यो सो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्नो हाँजिर गरेकै हुन्छौं क्यारे, विद्यार्थी एक जना पनि नभए पछि बस्ने कुरै भएन , हाँजिर गरे पछि घर फर्किन्छौं । यस्तो जे छ त्यही जवाफ दिने व्यक्ति हुन् वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ५ हरिचौर स्थित शिद्ध प्राविका प्रधानध्यापक हिमबहादुर खत्री ।

यस वर्षको पहिलो शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भए पनि उनिहरु मध्ये एक जना पनि विद्यालय आउन नसके पछि त्यहाँका चार जना शिक्षकहरुलाई हाँजिर गर्न आउनु र जानुको शासना मात्रै भएको प्रधानध्यापक खत्रीले बताए । प्रति शिक्षक मासिक कति सम्म तलव आउँछ सर ? भन्ने चौथो प्रश्नमा उनले भने–‘ महिनाको २७ देखि २८ हजार सम्म हामी स्थाईले तलव खान्छौं भने निजी श्रोतकी शिक्षिकाले मासिक ५ हजार खानु हुन्छ । यस हिसालले विना काम तिन शिक्षकले कम्तीमा पनि मासिक ८० हजार तलव घरै बसेर खाएका छन् ।

अघिल्लो वर्षमा नै जम्मा २२ जना विद्यर्थी भर्ना हुँदा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुले कस्तो निरक्षण गरेर जिल्ला शिक्षा कार्यालयमा प्रतिवेन गरे ? प्रश्न यस्तो उव्जीएको छ । यसै वर्ष झन जम्मा ११ जना मात्रै विद्यार्थी भर्ना भए । अहिले झन के हेरियो ? २०४१ सालमा स्थापना भए देखि त्यस विद्यालयमा प्रावि तहमा हुनु पर्ने न्युनतम विद्यार्थीको संख्या हरेक वर्ष पुगेको छैन् ।

२०५९ सालमा भने त्यस विद्यालयकै ईतिहाँसमा सवै भन्दा बढि ३५ जना विद्यार्थीहरुको संख्या पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर थापाले बताए । त्यसो त अध्यक्ष थापाले नै आफ्नी छा्ेरीलाई त्यस विद्यालयको साटो अर्कै विद्यालयमा पढाएका छन् । विद्यालय भेलामा शिक्षकहरूले घरदैलो अभियान गर्ने र विद्यार्थी संख्या बढाउने विषयमा छलफल भएको तर, घरदैलो गर्न शिक्षकहरूले नमानेको अध्यक्ष थापाको आरोप छ ।

प्रध्यानाध्यापक हिमबहादुर खत्रीले आफूहरूले व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघलगायतको निर्णयअनुसार काम गरे पनि विद्यार्थी नआएको बताए । ‘मैलै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो अभियान अगाडि बढाउन भनेँ तर अध्यक्षज्यूले आफ्ना बालबच्चा समेत अर्को विद्यालयमा भर्ना गरिसक्नुभएछ,’ , ‘जिम्मेवार व्यक्तिले समेत यस्तो गरेपछि कसरी विद्यार्थी बढाउने ? उनले विद्यार्थी घटन्को मुख्य कारण बसाई सराई र साविकको एउटै गाविस हरिचौरमा तिन वटा बोर्डिङ्ग सञ्चालन हुनु रहेको बताए ।

विद्यार्थी शुन्यमा झरे लगत्तै आफुले जानकारी गराएको र ‘स्रोतव्यक्ति बमबहादुर थापाले विद्यालय जाऊ र हाजिर गर भन्ने निर्देशनका आधारमा प्रत्येक दिन हाजिर हुनकै लागि विद्यालय जाने गरेका प्रधानध्यापक खत्रीको भनाई छ । शिक्षा कार्यालयले विद्यालयलाई तत्काल शिक्षक अभिभावक संघ भेला गर्न आग्रह गरेको जनाएको छ । विद्यार्थी भर्ना गरिदिन अभिभावहरू र जनप्रतिनिधिसँग अनुरोध गरेको जिशिअ विष्णुप्रसाद मिश्रले बताए । प्रधानध्यापक खत्रीले हिजो जिल्ला शिक्षा कार्यालयको भेला राख्न ताकेताको निर्देशन गरे लगत्तै भोलीको गाउँ भेलाका लागि आज झरीमा रुझ्दै घर घरमा पत्र बाँड्दै हिडिरहेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D