gulminews logo
बिहीबार, २०८१ बैशाख १३

घरै बुनेका डाला बेच्न ३ दिन बोकेर गुल्मी ल्याईयो, तै पनि बिकेनन्

गंगा खड्का
तम्घास । बजारमा छ्याप्छ्याप्ती पाइने प्लास्टिकका सामग्रीले गाउँघरमा बाँसका कलात्मक सामग्री लोपहुँदै गएका छन् । बाँसका सामग्री लामो समयसम्म टिक्नसक्ने भए पनि बजार अभावले गर्दा लोपहुने अवस्था आएको हो ।
‘पहिलेको जस्तो बजार आजभोलि छैन’,बाँसको डाला बिक्रीका लागि मालिका गाउँपालिका–५ छापहिलेमा आएका बागलुङका शिवबहादुर रेश्मी मगरले भने, ‘तीन दिन लगाएर गुल्मी आएको हुँ । तर, भनेजस्तो बिक्री भएनन् ।’ ४६ वर्षीय मगर आफ्नो जिल्लामा बजार राम्रो नभएपछि गुल्मी आएको प्रतिक्रिया दिए । ‘नियाँलोका डाला बनाउन थालेको २० वर्षभइसक्यो’,उनले भने,‘बजारका प्लास्टिकका सामग्रीले हाम्रो पेसा संकटमा पर्‍यो ।’ एउटा डालालाई तीन सयदेखि चार सय पचाँस रुपैयाँसम्म बिक्री गर्ने गरिएको उनले जानकारी गराए ।
एक पटकमा ३५÷४० वटा डाला काँधमा बोकेर छिमेकी जिल्लामा बिक्रीका लागि पुग्ने गरेको उनले बताए । सुरुका वर्ष गाउँघरमा व्यापार राम्रै हुने गरेको उनी सम्झन्छन् । ‘दिनभरमा एउटा मात्र डालो तयार हुन्छ’,उनले भने,‘ अहिले दिनभरका ज्याला निकाल्न पनि मुस्किल पर्छ ।’ प्रतिडालो तयार गर्न पाँच वटा नियाँलो आवश्यक पर्ने उनले जानकारी गराए । सबै खर्च जोडेर एउटालाई तयार गर्न ३५ रुपैयाँको सामग्री लाग्ने उनको भनाइ छ । ज्यालासहित पाँच सय ३५ रुपैयाँ लाग्ने उनी बताउँछन् ।
स्थानीय सामग्रीबाट तयार पारिएका सामग्रीको प्रयोग गर्नसके वातावरणीय प्रदूषणलाई समेत रोक्ने उनको अनुभव छ । ‘सामग्री हामी तयार गर्छौ’,उनले भने,‘बजारको व्यवस्था मिलाइदिन उद्योग वाणिज्य संघले सहयोग गरे हुन्थ्यो ।’ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएकाले आफूहरूको पीडा बुझिदिन उनले आग्रह गरे । ‘प्लास्टिकका सामग्रीलाई विस्थापित गरी गाउँघरका मौलिक उत्पादनलाई प्रोत्साहन गर्ने खालको वातावरण मिलाउन गाउँपालिका नगरपालिकाले जोड दिनुपर्छ’,उनी भन्छन्,‘पुरानो सिपपनि जोगिरहन्थ्यो ।’ गाउँमा भएका थुप्रै व्यक्तिमा भएको सीप विस्तारै हराउँदै गएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D