gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गौडाकोट राजामा भलिबल प्रतियोगिता संगै तिजको भब्य रौनक (भिडियो)

प्रेम सुनार
गुल्मी, भदौं–९ । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो गौडाकोटको राजामा आयोजित तिज गित । वर्षेनी गौडाकोट न्यु दिपज्योति युवा क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने तिज गीत प्रतियोगिता मध्ये उसैको लागि पनि यस वर्षको तीज गीत कार्यक्रम अहिले सम्म कै भव्य थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा भदौ ४ गते देखि भलिवल प्रतियोगिताको उद्घाटन सत्रबाट सुरु भएको वार्षिकोत्सवमको समापन समारोह लगत्तै सुरु भएको तीज गीत प्रतियोगितामा विभिन्न गाउँबाट सहभागि दिदी वहिनीहरुले मौलिकता पस्कीन सफल भएका थिए । सदरमुकाम तम्घासको चिदीचौर देखि रिडी सम्मका दर्जनौं स्थानहरुमा तीज गीत कार्यक्रम भएको भए पनि तम्घास सम्मका युवा युवतीहरुको भिड राजाको त्यसै कार्यक्रममा थियो । मगर समुदायको वाहुल्य रहेको साविकको गौडाकोट , विरवास यता साविकको दुविचौरका चेलीहरुको भेषभुषा परपरागत थियो ।

राजारुन्खा माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित तिज गीत प्रतियोगितामा नेपाल राष्ट्रिय मगर संघका कार्यवाहक अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी दरवार गाउँपालिकाका प्रमुख अशोककुमार थापा , जिल्ला समन्व्य समितिका शाखा अधिकृत खड्गबहादुर थापा सहित दर्जनौं जनप्रतिनिधी र विभिन्न क्षेत्रका अगुवाहरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरुलाई मैदान अपर्याप्त हुँदा बन्दै गरेका छतहरु समेत अपुग भई रहेको थियो ।

भलिवल खेल तर्फ ३० हजार नगद पुरस्कार सहित प्रथम स्थान हाँसिल गर्न सफल भएको छ फ्रेण्डस युवा क्लव बडागाउँ । त्यसको नगद पुरस्कारको सौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई वेलायतमा कार्यरत टोपबहादुर पल्लीले । दृतिय भएको छ ईन्द्रेणी युवा क्लव गौडाकोट–१ । उसले २० हजार नगद पुरस्कार हात पारेको छ । त्यसको शौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई जापानमा कार्यरत मेयरसिंह पल्लीले ।

१० हजार नगद पुरस्कार सहित तेश्रो स्थानमा चित्त बुझाउनु प¥यो आयोजक टिमले । त्यसको सौजन्य कर्ता थिए गौडाकोट ३ घर भई बुटवलमा बस्ने रोहित भुसालले । १० टिम सहभागी तिज गीत तर्फ रेसुङ्गा नगरपालिका १३ को घोर्ले युवा क्लव प्रथम स्थान हाँसिल गरेको छ । उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । १० हजार नगद सहित दोश्रो स्थान हाँसिल गरेको छ छत्रदेवि युवा क्लव छत्रकोट गाउँपालिकाले । ५ हजार नगद सहित तेश्रो भएको छ प्रगतिशिल युवा समुह भट्टेचौर ।

उत्कृष्ट नृत्याङक भएकी छिन रेनपा १२ घोर्लेकी गोमा तङनामी । उनले १० हजार नगद पुरस्कार पाएकी छिन् । कार्यक्रम व्यवस्थापनका लागि साविकको गौडाकोट गाविसले २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यस्र्तै गौडाकोट पुर्खेका नविन गाह, रेसुङ्गा मिनी माईक्रो यातायात व्यवस्थापन समिति र नेपाल मगर संघ गौडाकोटका अध्यक्ष भोजबहादुर पुलामीले ५ हजारका दरले सहयोग गरेका थिए भने त्यो भन्दा तलको रकम सहयोग गर्ने दर्जनौ रहेको सचिव अनित बिकले बताए । गौडाकोटलाई हरेक वर्षको तीज कार्यक्रमलाई जिल्लाकै उत्कृष्ट र भव्य बनाउन जापान र युकेमा कार्यरत गौडाकोटवासीको देन रहेको अध्यक्ष पदमबहादुर पल्लीले जानकारी गराए । क्लवका अध्यक्ष पदमबहादुर पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार दिलबहादुर खासुको स्वागत मन्तव्य र सचिव अनिल बिकको सञ्चालन रहेको थियो । तस्वीरमा त्यस कार्यक्रमको रौनक

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D