gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी १५ हजार वढी मतदाता थपिए

अनिल खत्री
गुल्मी भदौ २ । गुल्मीमा पछील्लो छुटेका फोटो सहितको मतदाता नामावलीमा संकलनमा १५ हजार वढीे नाम दर्ता गराएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानिय तहमा भइरहेको संकलनमा भदौ १ गते सम्ममा १५ हजार १ सय ३३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

नाम दर्ता गराउनेहरुमा ७ हजार ३ सय ९० जना महिला र ७ हजार ४ सय ४३ जना पुरुष रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए । जिल्लामा अन्य जिल्लाबाट १सय ४९ जना मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । स्थानिय तहमा छुटेका मतदाताले आफ्नो मतअधिकार प्रयोग गर्नबाट बञ्चीत भएसगै छुटेका मतदाता संकलनमा उत्साह देखिएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा जिल्ला निर्वाचन कार्यालय सहित १२ ठाउँबाट नाम दर्ता भइरहेको छ । स्थायिन तहमा शनिवार सम्म नाम दर्ता हुने छ भने निर्वाचन कार्यालयमा निर्वाचनको मिति घोषणा नहुञ्जेल नाम दर्ता भइरहने अधिकृत खत्रीले जानकारी दिए । गुल्मीमा मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउन र एकै ठाउँबाट दुबै सेवा प्रदान गर्ने उदेश्यले स्थानिय तहमै नागरिकता घुम्ती शिबिरको राखिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D