gulminews logo
मंगलवार, २०८१ बैशाख ११

चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने : छन्द पहराई

गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रसका उम्मेदवार छन्द बहादुर पहराईले चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने भन्ने प्रश्न गरेका छन् । आइतबार चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा मालिका गाउँपालिका वडा नं. ६ अर्जेमा पुगेका उम्मेदवार पहराईले चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उम्मेदवार पहराईले भने, “जित्छु हार्छु म केही भन्दिन । यो गर्छु त्यो गर्छु पनि भन्दिन, तपाईसँग केवल म नेपाली काँग्रसको पक्षमा मत माग्छु।”, उनले थपे “जितेपछि के गरौं भनेर योजना माग्न, समस्या समाधान गर्न तपाईसँगै आउँछु। तपाईको भोगाई, अनुभव र योग्यता नै योजना हुनेछ। केवल एउटा मात्र प्रतिबद्धता व्यक्त गर्दछु भगवानसँग प्राथना गर्दछु जितेपछी अरुको जस्तो मेरो मतिभ्रष्ट नहोस भनेका छन ।”

अभियानको क्रममा उम्मेदवार पहराई मतदाताहरुको घर घरमा पुगेका छन। अभियानको क्रममा उम्मेदवार पहराईले अहिले जनताको मत खेर नजानको लागी नेपाली काँग्रसको चुनाव चिन्ह रुखमा भोट हाली नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन।

उम्मेदवार पहराईले भने, विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन, म अरुले जस्तो जनतालाई झुठा आश्वसन दिन जान्दैन, म आफु जे बोल्छु त्यो गरेको पनि छु र मैले जनतालाई भनेका कुरा गरेर पनि देखाउछु भन्ने बिशेष मान्यता सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा लागेको बताएका छन।

अभियानको क्रममा उम्मेदवार पहराईले गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. २ लाई समुन्नत र समृद्ध प्रदेश बनाउनको आफ्नो उम्मदवारी रहेको बताएका छन। उनले भने जनताको चाहना र इच्छा विपरीत कुनै पनि काम गर्न नसक्ने भन्दै उनले भने चुनाव हार्नु र जित्नु ठुलो कुरा होइन हामिले हाम्रो राजनीति जिति सक्यौ नैतिकता इमानदारीता र जनताको सानिध्यमा रहि काम गर्ने छु।

उम्मेदवार पहराईले भने जनताले लोकतन्त्रलाई बचाउन र आफु स्वतन्त्र भई बाच्न चाहेका छन। त्यसकारण जनताले नेपाली काँग्रेसलाई नै विजयी गराउने छन भन्ने विश्वास गरेका छन।

घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवार पहराईसँग माग राखेका थिए। भने उम्मेदवार पहराईले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उम्मेदवार पहराईले गरिब, दलित, जनजाती, किसान, मजदुर र युवक सम्पूर्णलाई समान अबसर दिने, स्वास्थ्य, शिक्षा विकास निर्माणका कार्यलाई निरन्तरता दिनको लागी गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा नं. २ मा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी दिएको, पटक पटक यस क्षेत्रका जनताहरु नझुक्किने र यसपटक नेपाली काँग्रसका उम्मेदवारहरुलाई विजयी बनाई समृद्ध गुल्मी निर्माणको अभियानमा लाग्ने बताएका छन।

उम्मेदवार पहराईले भने चुनावको बेला आएर जनताको घर पुग्ने अनि जनतालाई नभएको भ्रम फिजाएर मैले यसो गरे उसो गरे भन्दै हिड्नेलाई किन भोट दिने ? जसले भ्रमको राजनीति गरेको छ, त्यस्तालाई किन भोट दिनुहुन्छ, भनेका छन।

उम्मेदवार पहराईले भने म जनताको प्रत्यक्ष नजिक भएर जनताको काम गर्न सक्छु, भन्दै जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D